एक्सक्लुसिभ भिडियो ताजा समाचार

चितवनमा रेणु र काठमाडौमा सिर्जना लाई हराए अन्तराष्ट्रिय जगतले के भन्ला: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई देशभरि विजयी बनाउन आग्रह गरेका छन्। काठमाडौंमा आयोजित संयुक्त चुनावी सभा

लाई सम्बोधन गर्दै उनले सिर्जना सिंह योग्य महिला भएको र उनलाई जिताउन अपील गरे।उनले भने, ‘सिर्जना सिंह योग्य महिला हुन्, राम्रो काम गर्ने बचन दिएकी छन्। र अब

काठमाडौंजस्तो राजधानीमा महिलाले हार्नु हुँदैन। महिला हराएपछि काठमाडौंले दोष पाउँछ। राजधानीमा महिला उम्मेदवार हराएपछि त झन राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के

भन्ला?’देउवाले चितवनमा रेणुलाई विजयी बनाउनुपर्ने दोहोर्‍याएका थिए। उनले भने,‘भरतपुरमा रेणु दाहाल र काठमाडौंमा सिर्जना सिंहलाई अत्यधिक मतले जिताउनु

पर्छ।’ थप ससमचार काठमाडौं । कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने भाषण गरेकी प्रधान मन्त्री पत्नी तथा कांग्रेस सांसद आरजु राणाको अर्को

रोचक वक्तव्य सार्वजनि भएको छ । उनले चुनावी भाषण गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराएको खण्डमा एउटा वडाबाट अब ५-६ जना युवालाई मलेसिया

पठाइ दिने आश्वासन बाँडेकी छन् ।सामाजिक सञ्जालमा बाहिरिएको भिडिओ फुटेज मा आरजुले एउटा सानो भेला लाई सम्वोधन गरिरहेको पनि देखिन्छ ।उनले आफू लाई

मलेसिया मा फ्रि भिसा फ्रि टिकट को केही कोटा प्राप्त भएको उल्लेख गरेकी छन् । उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वा

सन छ ।आरजुले भनेकी छन्,कसैले मलाई फ्रि भिसा फ्रि टिकटको अलिकति कोटा दिन्छु भनेको छ । यहाँबाट काठ माडौं जान पनि त्यो उ (खर्च) पर्र्दैन । सप्पैलाई त हामी

गर्न सक्दैनौं, किनभने यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५-६ जनालाई प्रयास गर्छौं ।’उनी थप्छिन्, ‘पहिले इलेक्सन सिध्याउँ । अनि जीवनजीसँग सम्पर्क

गर्नुस् । अलिकतिमान्छेलाई केही न केही रोजगारीको बाटो दिन्छौं ।’लामो समयका लागि भने यहीँ नै रोजगारी सिर्जना हुने खालको काम ल्याउने उनले बताइन् अहिले ल्याउँछु

भन्न सक्दिन तर हामीले योजना बनायौं भने केही न केही काम गर्न सक्छौं । अब त तपाईंहरुले मलाई चिन्नुभाको धेरै भइ सक्यो । म जे बोल्छु त्यो गर्छु, नत्र म बोल्दिनँ ।

मलाई यहाँ आएर काम गर्ने बाटो बनाइदिनुस् । हाम्रो साथीहरुलाई जिताइदिनुस्,’ आरजुले भनेकी छन् ।

Facebook Comments Box