ताजा समाचार

नेपाली काङ्ग्रेस स्याङ्जाको पार्टी कार्यालय आइसोलेसन ‘सेन्टर बनाउन ‘दिने नि’र्णय

नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवन आइसोले सन सेन्टर  बनाउन  दिने  भएको छ ।कार्यवहाक सभापति बृद्धिबहादुर  राना (कुमार) का अनुसार शुक्रबारको जिल्ला पार्टी कार्यालयको बैठकले को’रोना भाइरसका बिरामीलाई मध्येनजर गर्दै  कार्यालय  भवन  आइसोलेन सेन्टर बनाउन दिने निर्णय भएको हो ।

तीन  तलाको  उक्त  भवनमा माथिल्लो तलमा कार्यालय नै रहने भए पनि  अन्य दुईवटा  तलामा  आइसोलेसन  सेन्टर बनाउन  सकिने  सभापति  रानाले  बताए ।‘वेड अभावका कारण बिरामी  मर्न बाध्य  नहुन्’, उनले भने, ‘कांग्रेस पार्टी कार्यालयमा  ६०  वटा  वेड  निर्माण गर्न सकिन्छ । हामीले भवन दिएका छौं ।

संघ, प्रदेश र स्थानीय सरकारले आवश्यकअनुसार आइसो लेसन  सेन्टर  निर्माण  गर्न   सक्छ  ।’जिल्ला  सदरमुकाम पुतलीबजार  नगरपालिका–१  स्थित बजारको पछाडिपट्टी रहेको  पार्टी  कार्यालयमा   आइसोलेसन  सेन्टर   बनाउँदा बिरामीलाई  पनि  सुरक्षित  रहने  र  अन्य बिरामी नभएका व्यक्तिलाई पनि कम जोखिम हुने रानाको भनाइ छ ।

पूरा पढ्नुहोस! “मध्यपुर थिमि नगरपालि का–३ गठ्ठाघरमा सञ्चालित  नागरिक  सामुदायिक शिक्षण अस्पताल लिमि टेडलाई  कोभिड  अस्पतालको   रुपमा  सञ्चालन   गरिने भएको छ  ।अस्पतालका  निर्देशक  श्रीभक्त कासिछ्वाका अनुसार  आइतबारबाट  ८ वटा  आईसीयूसहित   १    सय शय्याको  कोभिड  आइसोलेसन  कक्ष  सञ्चालन  सुरु हुन लागेको हो ।

को’रोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शय्या को अभाव  हुन  थालेपछि  १ सय शय्या क्षमताको कोभिड आइसोलेसन  कक्ष स ञ्चालन  गर्न लागिएको उनले बताए । अक्सिजन अभाव हुन नदिन अस्पतालले एक सय भन्दा बढी अक्सिजन सिलिन्डर संकलन समेत गरेको छ । श्रोत:कान्तिपुर

Facebook Comments Box