झापा । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिए को छ दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ ।मेडिकलबाहेक अन्य प्रयो जनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालि एको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।
कोभिड –१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्याएको छ ।दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानका री दिनुभयो ।
उहाँले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताउनुभयो । प्र’मुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाउनुभयो । ‘जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँ छौँ, प्रजिअ तिम्सिनाले भन्नुभयो, अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्ड र सङ्कलन गर्न थालेका हौँ ।’
जिल्लामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्प तालमा रहेको ७५ श्ययाको कोभिड अस्पतालमा ५० श्यया सङ्क्रमितले भरिसकेको छ ।कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन शुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका को’रो’ना सङ्क्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताउनुभयो ।
यहाँ ४०० आइसोलेशन कक्षको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । मेची कोभिड अस्पतालमा ७५ शैय्या आइसोलेशन र २५ श्यया एचडयू रहेको उहाँले बताउनु भयो । त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ श्ययाको आइ सियु तथा भेन्टिलेटर र ७५ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ श्ययाको कोभिड उपचार कक्ष रहेको छ ।
मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभिड उपचारका लागि छुट्याइएका आइसोलेशन श्यया सङ्क्रमित बिरामीले भरिएका छन् । आइसियु र एचडियु समेत भरिएका छन् । प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० श्ययासम्मका कोभिड ओइसो लेशन कक्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्र मितका लागि श्ययाको अभाव नरहेको बताउनुभयो ।
उहाँले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यक ताअनुसार अक्सिजनसहितका श्यया थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताउनुभयो मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उहाँको भनाइ छ । ‘मेचीमा जनशक्ति अभाव छ,’ उहाँले भन्नुभयो, ‘प्र’देश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षण सामग्रीमा कुनै अभाव हुन दिँदैनौँ ।श्रोत:news24nepal