काठमाडौं ।नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा नि’धन भएको छ । गायक प्रधानको गत विहीबार सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा नि’धन भएको हो ।अहिले नेपाली गीत/संगीत क्षेत्र शोकमा डुबेको छ । वि.सं. १९९४ सालमा सिन्धुपा ल्चोकको चौतारामा जन्मिनुभएका गायक प्रेमध्वज प्रधान का ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’लगायतका सयौं गीतहरु लोकप्रिय र कालजयी छन् ।
साढे सात दशक नेपाली संगीत क्षेत्रमा सक्रिय रहनुभएका गायक प्रधानको माधुर्य आवाजबाट स्वर सम्राट नारायन गोपालसमेत प्रभावित थिए भन्ने गरिन्छ । उही लोकप्रिय स्वर्गीय गायक प्रेमध्वज प्रधानले नेपाली गीत–संगीतको क्षेत्रमा दिनुभएको अतुलनीय योगदानको बारेमा न्यूज२४ टेलिभिजनको नियमित कार्यक्रम ‘६ प्रश्न’मा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति एवं बरिष्ठ संगीत कार शम्भुजित बास्कोटासँग कुराकानी गरिएको छ ।
ऊबेलाका स्टाइलिस, चर्चित एवं अनुशासित स्वर्गीय संगीत साधक प्रेमध्वज प्रधानको बारेमा बोल्दै बरिष्ठ संगीतकार बास्कोटाले भन्नुभयो, ‘ नेपालको पहिलो गितार बाधक समेत रहनुभएका स्वर्गीय गायक प्रधान (दाई)को नेपाली गीत–संगीत क्षेत्रमा अतुलनीय योगदान रहेको छ ।’उहाँले थप भन्नुभयो, प्रेमध्वज प्रधानलाई यो राष्ट्रको प्रतिष्ठित र आफ्नो आवाजमार्फत् नेपाली मन र नेपाली जनप्रति सँधै समर्पित रहेको आवाज, जसले नेपाली संगीतलाई धनी बनायो, जसले नेपालीलाई गौरवान्वित बनाएको छ । यस्तो ब्यक्तित्व हुनुहुन्थ्यो ।’
अहिले उहाँ सम्झनामा मात्र रहनुभयो’, भन्नुभयो ‘तर उहाँ को आवाज , उहाँको देन र उहाँले राष्ट्रप्रति गर्नुभएको परि श्रमको कदर गर्दै उहाँलाई हामी सबै संगीतहरु, चलचित्रक र्मीहरुले सँधै सम्झिरनेछौं, मुटुमा राखिरहनेछौं ।’प्रेमध्वज प्रधानसँग दाजुभाईको जस्तो सम्बन्धस्व.गायक प्रेमध्वज प्रधानसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै बरिष्ठ संगीतकार बास्कोटाले भन्नुभयो, प्रेमध्वज दाईसँग मेरो निकट सम्बन्ध थियो ।
दाजुभाईको जस्तै राम्रो सम्बन्ध थियो । मलाई साह्रै माया गर्नुहुन्थ्यो । मैले गरेको कामप्रति उहाँले सँधै हौसला दिनु हुन्थ्यो’, उहाँले थप भन्नुभयो, ‘मलाई मात्र नभई उहाँले आफू भन्दा साना सबै गायक– गायिकाहरुलाई हौसला दिनुहुन्थ्यो । वि.सं. २०२९÷३० साल तिर राष्ट्रिय नाचघर मा दाई (प्रेमध्वज प्रधान)सँग मेरो भेटघाट भएको थियो । तर, यस अगाडि देखिनै मैले दाईका गीतहरु मैले गितारमा गाउँथे । मैले पहिल्यै देखि दाईका गीतहरु गिटारमा गाउँथे साह्रै मन पथ्र्यो ।’
पछिबाट रेडि यो नेपालमा पनि आफूहरुको भेटघाट हुन थालेको बताउदै भन्नुभयो, ‘मेरा केही गीतहरु पनि दाईले गाउनुभयो । त्यसपछि दाईसँग नाती काजी स्मृति समाज मा पनि हामीले सँगै रह्यौं, त्यसपछि हामी झन् झन् नजिक भयौं । त्यसरीनै हामी निटक हुन पुगेका थियौं ।’
लोकप्रिय गायक प्रेमध्वज प्रधानले आफ्नो लक्की नम्बर तीन भएको र संयोगबस आफ्नो गुरुहरु पनि तीन जना नै भएको बताउनुहुन्थ्यो । गायक प्रधानले आफ्नो आमा प्राणदेवी प्रधान, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीत कार जयदेवलाई गुरु मान्नुहुन्थ्यो ।बरिष्ठ संगीतकार बास्को टाले भन्नुभयो, ‘प्रेमध्वज दाईको जीवनमा गुरुहरु आमा प्राणदेवी प्रधान, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीत कार जयदेवको राम्रो प्रभाव परेको थियो ।
उहाँको आमासँग मेरो पनि भेट भाको छ । उहाँपनि अत्यन्तै संगीतप्रति रुची राख्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफ्नो छोराको संगीत क्षेत्रमै उज्ज्वल नक्षत्र बनोस् भन्ने चाहनुहुन्थ्यो ।’उहाँले थप भन्नुुुुु भयो ‘उहाँ आफ्नो आमा बाट त्यतिकै प्रभावित हुनुहुन्थ्यो । साथै खाली समयमा आफू भन्दा सिनियर नाती काजी दाई, शिव शंकरसँग रहि रहनुहुन्थ्यो । रेडियो नेपाल धाइरहनुहुन्थ्यो । उहाँले उनी हरुलाई पनि आफ्नो गुरु मान्नुहुन्थ्यो ।
श्रोत:news24nepal