ताजा समाचार साहित्य

साहित्य:बलवान समय

सिता सापकोटा ( अधिकारी) जसरी वर्षादको भेल पहाड बाट झ”र्दाको गडगडाहाट हुन्छ तराईमा पुगे पछि अवश्य पनि वदलिनु पर्छ र यदि यहि गटडाहट तराईमा पनि भयो भने न त स्वभा दिन्छ न त केहि रहन्छ यो समय अनुसार ठाउँ अनुसार परिस्थिति अनुसार पानीले पनि आफ्नो रुप फेर्दछ स्वरुप बदल्दछ”

“पृथ्वी दिन र रातलाई छुट्ट्याउँदै निरन्तरआफ्नै गतिमा हिडिरहेको छ,भित्तामा झुन्डाइएको पात्रो आफ्नै गतिमा हिडिरहेको छ,कहिल्यै नफर्कीने गरी ,घडी पनि आफ्नै गति मा हिँडिरहेको छ।समय कति बलवान् हुदाे रहेछ,मानिस बलवान् हाेइन,समय बलवान् रहेछ।मानिसले समयलाई चलाएको हाेइन,समयले मानिसलाई न्याँकी रहेको छ,

समयनुसार मानिस चल्न बाध्य हुनुपरेको छ,समयनुसार चल्न सक्ने मानिस नै सफल कहलाउदाे रहेछ।सरीताले आफ्ना विगतका दिनहरूमा धेरै उतारचढापहरू पार गरेर जीवनका उकालीओरालीहरूसंग,जीवनका भेलहरूसंग मितेरी लगाएर आफ्ना दिनहरू व्यतीत गर्ने क्रममा समय संग हिँडिरहदा।

“छाेराछाेरीहरू को पढाइ विहेदान गरी आफुले गर्नु पर्ने” कर्तव्यहरू पुरा गरी उनीहरूलाई बाटो देखाइरहदा आँफु बाट टाढा भई आफ्नो” भविष्यको खोजी गर्न “भविष्य’ निर्माण गर्न लागिरहदा आफ्ना सन्तान मु’टुका टुक्रा आफु बाट टाढा रहदा कुन आमाको मन कसरी आन्दले सास लिन सक्छिन् र! त्यसै मध्येकी एउटी आमा (सरीता) ले जतिबेला पनि तीनै आफ्नो सन्तानलाई सम्झेर अवरूद्ध।

“भएका गलाबाट घुटुक्क थुक निली भतभत पाेलीरहेको “छातीलाई त्यही थुकले शीतलता दिन खोजी “रहन्छिन्।आफ्ना सन्तान टाढा हुँदा को शुरू को अवस्थामा वेचैन” “जस्ताे भई खानी कुराहरू खान बस्दा पनि उनीहरूको” लागि यी आँखा दाँयावाँया नाचीरहने अनि झल्यास्स भई आँखाबाट जसरी पातबाट शीतका थाेपा तप्प तप्प भूइमा खस्छन् त्यस्तै गरी सरीताका आँखाबाट ……।

हरबखत हरक्षण उनीहरूको बाेली कानमा गुञ्जी रहन्थ्याे।भित्रबाहिर गरीरहदा उनीहरूकै छायाले स’ताउथ्याे।जति बेला पनि ती आँखाबाट वर्षात् झरीरहन्थ्याे,कुनै दिन त्यो थिएन आँखा नरसाएको।साँझ पर्न लाग्दा बा”र्दलीमा बसेर ती द्धाेय नयनहरु”ले आफ्ना छाेरा छाेरी हरूलाई मुटुमा … भक्कानाे पार्दै खोजेको तिनीहरूलाई के थाहा ! यो पीडा जुन आफ्ना सन्तान टाढा हुने आमाहरूलाई मात्र थाहा हुन्छ।

“जब साँझ पर्थ्याे तब आफु बार्द’लीमा बसेर यी आँखाले छाेराछाेरीहरूलाई खोजीरहदा छिमेकीका घरमा छाेराछाेरी हरू आमाबाबासंग बसेर कुराकानी गर्दै रमाउदै भित्रबहिर गरीरहदा भक्कानाे छुटेर आउथ्याे।छिमेकीका छाेराछाेरीले आफ्नो आमालाई बाेलाइरहदा त्याे एकआमा शब्दले हजुर भन्ने सम्म पनि बनायो।

आफ्नो हर दुःख र खुशी “लाई विर्सेर कहिल्यै पनि दुःख (काम नलगाइ) नगरी हुर्केका छाेराछाेरी विदेश गएर कसरी काम गरीरहेका हाेलान् यस्तै यस्तै कुराहरूले सरीताको मनमा शब्द शब्दहरू झगडा गरी रहन्थ्ये।हुन त उनीहरू आफ्नो खुशीले विदेश गएका हुन् आफ्नो खुशीले गरेको काम जस्ताेसुकै दुःख कष्ट आइपरे पनि त्यसलाई सजिलै सामना गर्न सकिन्छ ।

तर आमाको मनले आफ्न सन्तान जति नै परीपक्क भए ता पनि जति नै ठूला भए ता पनि” अपरिपक्क र’ साना देखिदा रहेछन्। यो एउटी आमाले साेच्ने कुरा हाेइन तमाम आमाको यो एउटा राेग नै हाे।यो राेगले हरेक आमा लाई” राेगी बनाउदै लगेको पाइन्छ साथै।”यो राेगको कुनै डाक्टरी औषधी छैन्,छ त केवल तीनै सन्तानको आडभराेसा,र नझर्किएको मीठाे बाेली।

सन्तानले सकरात्मक साेच राखी जस्तो सुकै परिस्थितिमा पनि सामान गर्न सक्ने भई आफ्नो घरजम गरी मिलीजुली रही जीवनपयोगी शिक्षा लिइ दिन दुःखीको सेवाभावमा आफूलाई समर्पित गरी बसीदिएमा र यति सम्म सन्तानले गरीदए भने हरेक आमाबाबाले सन्ताेषको सास फेर्न सक्थे यस्तै कुराहरू सरीताले आफ्नो मनमा मनसंग सम्वाद  गर्ने गर्थिन्।

खाली दिमाग सैतानको घर”भने झै सरीताले खाली समय मा तीनै सन्तानबाट टाढारहनु पर्दाकोपीडा “लाई, आफ्ना आमाबाबालाई गुमाउनु पर्दाको पीडालाई आफ्नो मनसंग संवाद गर्ने गर्थिन्,न्यास्र्राे मान्थिन् आँखाबाट बलिन्द्र् आँशु को वर्षात् गराउथिन्,आफूलाई एक्लाे महसुस गराउथिन् चराको रूप लिएर उनीहरूलाई भेट्न जाने कल्पना सम्म पनि गर्थिन्,।

पानी विनाको माछाे जस्ताे भएर छटपटाउथिन्, तर बस्नु पर्थाेयो कुवाको भ्यागुताे भएर।समयनुसार हरेक कुराहरू परिवर्तन भएका छन् वा परिवर्तन हुदा रहेछन् ।मानिसका खानपान ,रहनसहन बाेलीबचन् व्यवहार ,आवस बाटाे घाटाे, वाेटविरूवा,हावपानी,माैसम,उड्ने देखी लिएर गुड्ने साधन सञ्चारका साधन,औजार उपकरण,उद्दा्ेग ध”न्दा कलकारखाना,पुजाआज,दानधर्म,भेषभुषा,जन्म,मृत्यु,मृत्युपछि जलाउनेउपकरण आदि।

जसरी समय परिवर्तन भएको छ ,त्यसै गरी आजकल सरीताको मन मनि परिवर्तन भएको छ।उनलाई आफ्ना सन्तानको यादले र आमाबाबा गुमाउनु पर्दाको पीडालाई सम्झेर डि”प्रेसनमा जान लागे जस्ताे लक्ष्ण देखा पर्न थाल्याे।जति आत्तिएनी ,जति छटपटाए पनि ,जत्ति राेए पनि आखिर आफूले आफैलाई सम्हाल्ने रहेछ,उनले यो कुरा बुझिसकेपछि उनले विद्धानहरूले लेखेका धेरै

किताबहरू पढीन् योगीहरूको योग प्रणायम,ध्यान गर्न थालिन् अनि आफ्नो बहलिएको मनलाई आफैले थम थमाउन थालिन्।कामबाट फुर्सद हुनसाथ खालि पटक्कै बस्न खोजिनन्।कि त किताब पढ्ने कि त सामाजिक सञ्जालका गुरूहरूका प्रवचन सुन्ने ,कि त ध्यान गर्ने कि त घर आगनमा लगाएका फुलवारीका माली बन्ने।

तथा अर्गानिक  तरकारी  लगाउने।यस्ता सकरात्मक साेच “गरी आफूलाई व्यस्त राख्न थालिन्छ छोराछाेरी”को याद आउने वित्तिकै उनीहरूको वाल्यकाल को स्मरण गर्दै उनी हरूको वाल्यकालको वा विध्यालय,कलेज पढ्दै गरेको स्मरण गर्दै त्यतिबेला ती कुराहरूले पनि आफूलाई व्यस्त गराउदाको रमाइलो सम्झने तीनै कुराहरूमा रमाउन खोज्ने ,त्यसमा रमाउन खोज्दा छुट्टै मीठास आउदाे रहेछ।

सन्तानको यादमा दुःखी हुने सरीता आजभाेली तीनै कुरा ‘हरूलाई सम्झेर रमाउने गर्छिन्।अनि “छाेराछाेरीहरू को फुर्सदमा सामाजिक सञ्जाल ‘बाट कुराकानी गरेर सुख दुःख  साटासाट गर्छिन्।आफूलाई सम्हाल्ने आफै रहेछ भन्ने कुरा बुझिन् मेराे मात्र हाेइन यो सबैको र प्रकृतिको नियम रहेछ,प्रकृतिको धुर्वसत्य कुरालाई कसले उलङ्घन् गर्न सक्छ र!

“सबैजना नियममा बाधिनु नै पर्ने रहेछ यसलाई स”कस नमानी सहज बनाउने अरू कोही वा केही हाेइन रहेछ, रहेछ त आफ्नै मन!समयअनुसार मानिसहरुको मन पनि परिवर्तन हुदाे रहेछ।सरीताले अहिले आएर “खाली दिमाग सैतानको घर’भन्ने युक्तिलाई सकरात्मक साेच राखी दिमाग त सैतानको घर हाेइन रहेछ त्यसलाई सदुपयोग गर्न।

जानेमा भगवानको घर रहेछ भन्ने सुभभाव राखी खिया र कमजाेर हुनलागेको दिमागमा छरीएको मनलाई लगाम लगाउने औषधी सकरातमक साेच रहेछ। र प्रकृति को नियममा चल्नुपर्ने सत्यता र योग ,प्रणायम ,ध्यानले जीवन सुन्दर हुदाेरहेछ,जीवन अनुभवको संगालाे रहेछ,जीवन काँडा विचको सुन्दर फुल अनि फूलवारी रहेछ।

“यदि जीवनमा दुःख नहुदाे हाे त दुःखको अनुभुत गर्न पनि नपाइने रहेछ ,मीठा फल मात्र खादा नमिठा फलको स्वाद नै थाहा हुन्थेन।त्यसकारण दुःखले पनि मान्छेलाई परिपक्व र हरेक कुरामा सहन सक्ने क्षमतावान बनाउदाे रहेछ ।सुख ले मान्छे लाई क”मजाेर परआश्रीत क्षमताविहिन बनाउछ।ठूला ठूला महात्मा गुरूहरू पनि धेरै दुःख ,मिहेनत र संघर्ष ले आफ्नो जीवन सफल बनाएका छन्।

र अरूलाई पनि सही मार्गमा लाग्नलाई प्रेरित गरीराखेका हुन्छन्।यीनीहरू नै महान व्यक्ति बनेका” छन्।दु:खले नै” जीवनमा मीठास ल्याउँदाे रहेछ यो कुनै कथा हाेइन सरीताे स्वंमले भाेगेका यात्राहरू हुन्।त्यसकारण दुःखमा जसले आफू लडेर पनि उठ्न सक्छ र आफूलाई शान्त बगीरहे नदि जस्तै बनाउनु पर्छ न कि वर्षादको भेल जस्तो हाइन। हवस् धन्यवाद !

लेखक परिचय: सिता सापकोटा ( अधिकारी) नारायणी अञ्चल चितवन जिल्ला भरतपुर म’न’पा १० दाकिम चोक स्याउली बजार कोईमार्ग “दाकिम चोक( स्याउली बजार) कोईमार्ग पेसा : शिक्षक निवृत्तभरण  एमएड(M.ED)
जन्मस्थान:  लमजुङ जिल्ला सुन्दर बजार न.पा वडा न ९ फेदिकुना

Facebook Comments Box