ताजा समाचार

रोकिएको हुलाकी राजमार्गको काम रुख कटान कार्य र निर्माणधिन काम सुरु भएको छ!

कैलाली ।  कैलालीको  वसन्ता  वनमा  हुलाकी   राजमार्ग विस्तारका  लागि  रुख  कटान  कार्य शुरु भएको छ । रुख काट्ने कामको  थालनीसँगै  सो  निर्माणाधिन  राजमार्गको कामले  गति  लिने  भएको  छ ।वनको  कानूनी अडचनका कारण  दुई  किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर  राजमार्ग  निर्माणको काम अघि बढाइने हुलाकी राज मार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताउनुभयो ।

वसन्ता वनक्षेत्रमा पर्ने १८ किलोमिटर मध्ये १६ किलोमिटर सडकखण्डमा   कालोपत्रे   गर्ने  काम  सम्पन्न   भइसकेको आयोजना कार्यालयले जनाएको छ । कैलारी गाउँपालिका को  बैजपुरदेखि  वसन्ता  सवडिभिजन  वन कार्यालयसम्म बाँकी  रहेको  दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख  कटानको  कार्य  अगाडि  बढाइएपछि  आयोजनाको काम अघि बढेको हो ।

गएको   फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटान को आदेश दिने  निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो सो खण्डमा १०० वटा रुख हटाउन आवश्यक  रहेको   आयोजना  कार्यालयको  भनाइ छ ।सो खण्डको  ठेक्का  अवधि  जेठ  मसान्तसम्म  रहेको छ भने तुण्डी,  प्रेरा, चन्द्रा एण्ड  वसन्ता जेभीले निर्माणको ठेक्का पाएको  जनाइएको छ । आयोजनाको ठेक्का २०७३ साल मा भएको थियो ।

यो पनि!   काठमाडौं ।   सत्तारूढ  नेपाल  कम्युनिस्ट पार्टी (एमाले)  भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको  छ । पार्टी  अध्यक्षसमेत  रहेका  प्रधानमन्त्री   केपी शर्मा ओलीले  वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको  प्रयास  असफल  भएपछि विवाद झन् बढ्दै गएको छ ।   प्रधानमन्त्री  ओली  संसद्मा २७ वैशाखमा विश्वासको मत लि“दै छन् ।

यसैगरी,  आगामी  ६   जेठमा  हुने  (बाग्मती प्रदेशतर्फको) राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हु“दै छ । यी दुई विषय केन्द्रित छलफल  जारी  छ । ओली  आफूलाई  विश्वासको मत  दिनुका  साथै  उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने  अडानमा छन् ।तर, नेपाल समूह पार्टीलाई २ जेठ  २०७५  को  अवस्थामा  फर्काएर  नयाँ ढंगले अघि बढनुपर्ने  अडान  राख्दै  आएको  छ ।  एमाले  धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

शीर्षनेताको  अडानबीच  पार्टी  एकता  कायम राख्दै अघि बढ्ने  विषयमा  दोस्रो  तहका  नेता  आन्तरिक छलफलमा जुटेका  छन् । शुक्रबार  ओली  समूह  नेता  ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूह  बाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल  भएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।श्रोत:news24nepal

Facebook Comments Box