काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ। मंगलबार बिहान करिब ९ बजे खोलामा पुरूषको श,व फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौं महानगरपालिका-४ स्थित सुकेधारा बाट कपन जाने बाटोमा रहेको फलामे पुलमूनि धोबीखोलामा शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमा र्टमका लागि पठाइएको मैनालीले बताउनुभयो ।
श,वको पहिचान भइसकेको छैन।फर्पिङमा मृ,त फेला परेका युवा–युवतीको पहिचान खुल्योका ठमाडौंको फर्पिङमा सोमबार मृत अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ ।
अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो ।
मृत अवस्थामा भेटिएका युवक मकवानपुर इन्द्रसरोवरका मनिष ठकुरी र युवती दाङको राप्ती घर भएकी विमला कुमा ल हुन् । शवलाई अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको थियो । उनीहरुको मृ,त्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।