ताजा समाचार

मन्त्री पदको लोभ छैन, पार्टीकै केहि चिप्ले किराले ब‘दनाम गरे: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनैपनि लोभ नभएको बताएका छन्।पशुपतिनाथ मन्दिर परिसरस्थित विश्वरुपा मन्दिरको

पुन:निर्माण मंगलबार शिलान्यास गर्दै उनले यस्तो बताए का हुन्।मेरो आदरणीय अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल निर्माणका क्रममा हामीलाई पठाउँदा नै ६

महिनाका लागि तोक्नु भएको थियो,’ आलेले भने, ‘हामीले त ८ महिना खान पायौँ। अरु साथीहरुलाई मौका दिने इच्छा छ भने दिनुस् भनेर मैले सहमति पनि दिएको हुँ।

उनले आफ्नै पार्टीका चिप्ले किराहरुले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको बताए।तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरु, किराहरु आलेले चलखेल गर्यो भनेर अन्त

र्वार्ता दिइरहेका छन्,’ उनले भने, ‘मलाई मन्त्रीको लोभ छैन।म जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शीर ननिहुरिने गरी काम गर्छु।उनलेगरेका राम्रा काम पनि छ।

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिता

एको बताउनुभएको छ ।आज सोमवारको सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भन्नुभयो, ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने

काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगत मा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम

गरेँ ।’उहाँले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा काम को थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।

मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी त्यस समूहले गरेका कामलाई देश जनताका पक्षमा ल्याए

को दाबी पनि गर्नुभयो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि शटल बस सञ्चालनमा ल्याएको र क्यासिनो सञ्चालकबाट सरकार

लाई ठूलो रकम राजस्व तिराएको तथा नतिर्ने तारे होटेल लाई कारबाही गरेको उहाँले जानकारी दिनुभयो । आफू पदमा रहँदा होस् वा नरहँदा देश र नागरिककै पक्षमा काम

गर्ने तथा वकालत गर्ने भएकाले आफू सधैँ देश र नागरिक को हकहितका लागि लाग्ने पनि उहाँले बताउनुभयो हिजो आइतवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवा

लयको बैठकले आफ्ना पार्टीका तर्फबाट सरकारमा सह भागी भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरी नयाँ मन्त्री हरूको नाम पठाइसकेको छ । यसअघि नै आलोपालो गरी

मन्त्री बनाउने आफ्नो पार्टीको सर्तमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको र अहिले फिर्ता बोलाउने निर्णय गरेकाले आफूले पार्टीको निर्णय मानेर

फिर्ता हुने पनि मन्त्री आलेले बताउनुभयो संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ

Facebook Comments Box