ताजा समाचार

अधिकृतको जागिर छाडेर मेयर लडे। ह्रारेपछि फेरि अधिकृतमा नाम निकाले।

बनेपाको मेयर पदमा तिजेको भए आज हर्क साङपाङ र बालेन्द्र शाहले पाएको जस्तै चर्चा कञ्चन गिरीको पनि हुने थियो होला।तर मेयरमा २ सय मत पनि कटाउन नसकेर

के भो, कञ्चन फेरि चर्चामा आएका छन्। जितेर वा हारेर होइन, सरकारी जागिर छाडेर मेयर लड्न गएका गिरी चुनावमा पराजित भए लगत्तै फेरि सोही स्तरको जागिरमा

नाम निस्किएका कारण चर्चामा आएका हुन्।गिरीले बनेपा नगरपालिकाको मेयर लड्न नेपाल विद्युत् प्राधिकरणको सातौँ तहको अधिकृतबाट राजीनामा दिएका थिए। मेयरमा

पराजित गिरीले पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान को शाखा अधिकृतमा नाम निकालेका हुन्।पुतली चुनाव चिह्नबाट निर्वाचन लडेका उनले १४८ मत पाएका थिए।

उनले भने, ‘सौभाग्यवश, भगवानले मेरो हात थामेका छन् । शायद यसैलाई डिभाइन इन्टरभेशन भनिन्छ होला। मेरो नाम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको

शाखा अधिकृतमा निस्केको छ।’सरकारी नियुक्ति लिएर राजनीतिक कुरा गर्नु उपयुक्त नहुने भन्दै उनले सधैँ आफ्नो लक्ष्य देश र जनताको सेवा गर्ने पनि भएको उनले बताए।

Facebook Comments Box