ताजा समाचार

देश र जनताको काम गरेरै ७ महिना बिताएँ : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिता

एको बताउनुभएको छ ।आज सोमवारको सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भन्नुभयो, ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने

काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगत मा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम

गरेँ ।’उहाँले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा काम को थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।

मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी त्यस समूहले गरेका कामलाई देश जनताका पक्षमा ल्याए

को दाबी पनि गर्नुभयो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि शटल बस सञ्चालनमा ल्याएको र क्यासिनो सञ्चालकबाट सरकार

लाई ठूलो रकम राजस्व तिराएको तथा नतिर्ने तारे होटेल लाई कारबाही गरेको उहाँले जानकारी दिनुभयो । आफू पदमा रहँदा होस् वा नरहँदा देश र नागरिककै पक्षमा काम

गर्ने तथा वकालत गर्ने भएकाले आफू सधैँ देश र नागरिक को हकहितका लागि लाग्ने पनि उहाँले बताउनुभयो हिजो आइतवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवा

लयको बैठकले आफ्ना पार्टीका तर्फबाट सरकारमा सह भागी भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरी नयाँ मन्त्री हरूको नाम पठाइसकेको छ । यसअघि नै आलोपालो गरी

मन्त्री बनाउने आफ्नो पार्टीको सर्तमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको र अहिले फिर्ता बोलाउने निर्णय गरेकाले आफूले पार्टीको निर्णय मानेर

फिर्ता हुने पनि मन्त्री आलेले बताउनुभयो संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ

Facebook Comments Box