एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेनले सकेनन् भन्दै फोहोर उठाउन निस्किए १६ नम्बरका वडाध्यक्ष।

काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले महानगरले नसकेको भन्दै फोहोर उठाउन सडकमा निस्केका छन् । उनले आफ्नो १६ नम्बर वडा

अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन रुपमा भएपनि व्यबस्थापन गर्न लागेका हुन् ।आज सडकमा थुप्रिएको

फोहोर गाडीमा उठाइरहेको तस्बिर पोस्ट गरेका उनले आफूलाई सहयोग गर्ने काठमाडौं महानगरका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र

सुझावको अपेक्षा समेत राखेका छन् । महानगरपालिकाले यतिका दिनसम्म पनि फोहोर उठाउन नसकेपछि बाध्य भएर वडाले नै पहल गर्नु परेको उनका सहयोगी किरण

भट्टराईले बताए गाडी गुडाउनसमेत गाह्रो भएपछि यस्तो उपाए निकालेको उनले बताए । उठाइएको फोहोर वडा भित्रैका खाली ठाउँमा थुपारिने भट्टराईले बताए । महानगर

को बैठकमा मेयर बालेन्द्रलाई चुनौती दिएर चर्चामा आए को वडाध्यक्ष रिजाल महानगरले नसकेको भन्दै आफै ‘एक्सन’ मा उत्रेका हुन् ।वनिर्वाचित मेयर बालेन्द्र साह र

उपमेयर सुनिता डंगोल अहोरात्र खटिए पनि समाधान निकाल्न सकेका छैनन् । अन्य थप समचारहरु।।।।।।

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा तनाव भएको छ । काठमाडौं महानगरपालिकाको इतिहासमै स्वतन्त्तबाट मेयर बनेका

बालेनले ऐतिहासिक निर्णय गरेपछि कार्यापालिका को बैठक लाईभ गरिएको थियो ।सो बैठकमा तनावको स्थिती सिर्जना भएको थियो । लाईभ बैठकमा मेयर उपमेयर नै

एकछिन त रनभुल्ल भएका थिए काठमाडौं महानगरपालि का को पहिलो नगर कार्यपालिका बैठकमा विवाद उत्पन्न भएको छ ।फोहोरमैलाको समस्या समाधानका लागि

कार्यदल बनाउने निर्णय लिने क्रममा केही वडाध्यक्षले विवाद झिकेका हुन् । महानगर प्रमुख बालेन्द्र साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र

समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । त्यही बमोजिम बैठकको निर्णय भन्दै प्रशासकीय प्रमुखले केही बुँदा पढेर सुनाए फोहोर व्यवस्था

पनको बारेमा गठिन कार्यदलको बैठक भोलि नै बिहान बस्ने भनियो । त्यसका लागि एमाले र कांग्रेसबाट दुई–दुईजनाको नाम दिन आग्रह गरियो । लगत्तै १६ नम्बरका

वडाध्यक्ष मुकुन्द रिजालले आपत्ति जनाए ।मेयरको प्रस्तावलाई छलफलबिनै पारित गरिएको भन्दै उनले विरोध जनाएका थिए । पार्टीगत आधारमा भागबण्डा

गरिनु ठिक नभएको उनको भनाइ थियो । रिजालले बोल्दा केही वडाध्यक्षले टेबुल ठटाएर समर्थन जनाए ।यो पार्टीको एक जना त्यो पार्टी को “एक जना भाग लगाउने को हो

तपाईं ?’ रिजालले चुनौति दिए, ‘यो तुरुन्तै फिर्ता लिनुस् ।’ त्यसपछि मेयर बालेन्द्रको अनुमति लिएर महानगरका प्रशासकीय प्रमुखले उक्त निर्णय फिर्ता लिइएको बताए ।

त्यसपछि केही वडाध्यक्षले बैठकमा निर्णय गर्ने प्रक्रियाबारे सिकेर आउन आग्रह गरे । एक वडाध्यक्षले भने, ‘बैठकको प्रक्रिया सिक्नुस । कसरी प्रस्ताव गरिन्छ, कसरी निर्णय

गरिन्छ भन्ने अध्ययन गर्नुस् । तपाईंले पार्टीको नाम लिइ रहनु आवश्यक थिएन ।’वडाध्यक्षहरु आक्रामक बन्दा मेयर बालेन्द्र भने संयमितरुपमा प्रस्तुत भए । उपमेयर

सुनिता डंगोल पनि शान्त भएर बसिरहिन् । पछि मेयर र उपमेयरबीच केही साउति भएको देखियो । सम्भवत सुनिताले बालेन्द्रलाई केही बोल्न सल्लाह दिइन् ।बैठकको

अन्तिममा बोल्दै मेयर बालेन्द्रले आफू कसैलाई पनि पार्टी गत आधारमा हेर्ने पक्षमा नरहेको स्पष्टीकरण दिए । उनले यो प्रस्तावहरु मात्रै भएको र निर्णय भइनसके को बताएर विवाद थामथुम गरे ।
अब वडा अध्यक्ष टिकटकमा ब्यस्थ भएको भिडियो हेर्नुस्। यहाँ क्लिक गरि हेर्नुस्

Facebook Comments Box