एक्सक्लुसिभ भिडियो ताजा समाचार

चुनाव पछि ५- ६ जना केटा मलेसिया पठाउछु।( भिडियो सहित)

काठमाडौं । कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने भाषण गरेकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस सांसद आरजु राणाको अर्को रोचक वक्तव्य सार्वजनिक

भएको छ । उनले चुनावी भाषण गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराएको खण्डमा एउटा वडाबाट ५-६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी

छन् ।सामाजिक सञ्जालमा बाहिरिएको भिडिओ फुटेज मा आरजुले एउटा सानो भेलालाई सम्वोधन गरिरहेको देखिन्छ ।उनले आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकट

को केही कोटा प्राप्त भएको उल्लेख गरेकी छन् । उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।आरजुले भनेकी छन्,

‘कसैले मलाई फ्रि भिसा फ्रि टिकटको अलिकति कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान पनि त्यो उ (खर्च) पर्र्दैन । सप्पैलाई त हामी गर्न सक्दैनौं, किनभने

यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५-६ जनालाई प्रयास गर्छौं ।’उनी थप्छिन्, ‘पहिले इलेक्सन सिध्याउँ । अनि जीवनजीसँग सम्पर्क गर्नुस् । अलिकति

मान्छेलाई केही न केही रोजगारीको बाटो दिन्छौं ।’लामो समयका लागि भने यहीँ नै रोजगारी सिर्जना हुने खालको काम ल्याउने उनले बताइन् अहिले यो ल्याउँछु भन्नसक्दिनँ

। तर हामीले योजना बनायौं भने केही न केही काम गर्न सक्छौं । अब त तपाईंहरुले मलाई चिन्नुभाको धेरै भइ सक्यो । म जे बोल्छु त्यो गर्छु, नत्र म बोल्दिनँ । मलाई यहाँ

आएर काम गर्ने बाटो बनाइदिनुस् । हाम्रो साथीहरुलाई जिताइदिनुस्,’ आरजुले भनेकी छन् ।

Facebook Comments Box