एक्सक्लुसिभ भिडियो

रेणु जस्तो छोरी जन्माएकोमा प्रचण्डलाई धन्यवाद:कलाकार क्षेत्री( भि‘डियो)

स्थनीय तहको चुनावको छेकोमा चितवनमा आयोजित सत्तारुढ गठबन्धनको सभामा हास्यकलाकार सन्दीप क्षेत्री पनि उपस्थि त भएका छन्।उनले आफू चितवनमै भएको

र मेयर पदकी उम्मेदवार रेनु दाहालको कामले प्रभावित भए काले कार्यक्रममा सम्बोधन   गर्न आएको बताए। ‘मैले मेरो कार्यक्रममा जानुअघि आमा लाई सोधेँ, दिदीको यस्तो

कार्यक्रम रहेछ बोलिदिउँ?’सन्दीपले भने, ‘आमाले पार्टीको लागि होइन,संगठनका लागि होइन,अब तैंले देशको लागि बोल्ने हो भन्नुभयो। त्यो केटीले देश को लागि काम गरि

रहेको छ। बोल्दा हुन्छ भन्नुभयो।’क्षेत्रीले चितवनमा रेनुले दिदीबहिनीले दाजुभाइ लाई तिहारमा दिइने आशीर्वाद, लगाइदिने माला र पहिराउने टिकाजस्तै चित वनलाई।।

सुरक्षित, सुखमय राख्नुपर्ने पनि बताए।उनले भने, ‘मैले तपाईंलाई दिदी भनिरहेको छु। यो चितवन तपाईंको भाइ हो, दाइ हो। अब यसमा तपाईंको यस्तो घेरा कोर्नुहोस्,

चितव नका हरेकले आफूलाई सुरक्षित महसुस गरून्। सांस्कृ तिक, भौतिक हरेक रुपले तपाईंहरुले सुरक्षित महसुस गराउनु होस्।’क्षेत्रीले रेनुको कार्यकालमा भएका

कामका आधारमा हरेक पटक उनलाई याद गर्न सक्ने अवस्था सिर्जना गर्न सुझाए।उनले भने, ‘चितवनले हरेक पटक दिदी पाएँ भन्न पाओस्।अब थप समचार काठमाडौं

। सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धन को तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मे

दवार रेनु दाहाललाई शुभकामना दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम बहिष्कार

गर्नेसम्मको विरोध सुरु भएको छ ।ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले

क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् । तर अभिनेता तथा टीभी प्रस्तोता क्षेत्रीले आफ्नो भरतपुर भाषणलाई पनि ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए  रेनु दाहाललाई शुभकामना

दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।‘म भोट माग्न गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ,’ उनले भने, ‘शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभा

मा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।’ ‘रेनु दाहाललाई शुभकामना दिनु अरुलाई अशुभ भन्नु होइन  यसलाई राज नीतिक प्रपोगान्डा बनाउनु जरुरी छैन,’ उनले भने । आफू ब्रान्ड एम्बेसडर रहेको एक कन्सलटेन्सी को उद्घाटन मा।

भरतपुर पुगेको र आयोजकको अनुरोधपछि आफू शुभकामना दिन मात्र सभामा पुगेको सन्दीपले बताए । टीभी कार्यक्रम बहिष्कार गर्ने कतिपयको चेतावनीतर्फ लक्षित गर्दै उनले भने, ‘मैले त्यस्तो ठूलो के अपराध नै गरेको छु र ? आज विरोध गर्नेले भोलि मनमा राख्नुहुन्छ ।’

 

Facebook Comments Box