शुक्रबार एअर इण्डियाको फ्लाइटबाट काठमाडौं उत्रिएका काभ्रेका बिनोद पौडेल १० दिन होटलमा क्वारेन्टिन बसेको पैसा कसरी तिर्ने भनेर चिन्ता गर्दै थिए । शुक्रबार बिहान बैंगलोरबाट दिल्ली हुँदै पौने ३ बजे काठमाडौं आइपुगेका उनले यतिञ्जेलसम्म पानीसमेत खान नपाएको गुनासो पोखे । आफूसँग पैसा नभएको भन्दै उनी होटलको खर्च कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
शुक्रबार भारतको नयाँ दिल्लीबाट ३६ जन यात्रु बोकेर एअर इण्डियाको जहाज काठमाडौं उत्रिएको थियो । सुरु मा दिल्लीबाट काठमाडौं आउनका लागि ६१ जनाले टिकट काटेका भए पनि दिल्लीस्थित एअरपोर्टबाट २५ जनालाई फर्काइएको थियो । उनीहरुमध्ये कतिको पीसीआर रिपोर्ट शंकास्पद भएको र केही यात्रुको तापक्रम बढी देखिएका कारण फिर्ता पठाइएको हो ।
काठमाडौं उत्रिएका ३७ जनामध्ये २० जनामात्रै होटल क्वारेन्टिनमा पठाइएका छन् । बाँकी १७ जनामध्ये १५ जना नेपाली सेनाका जवान तथा अधिकृतहरु रहेका कार ण उनीहरुलाई नेपाली सेनाकै क्वारेन्टिनमा पठाइएको छ तर, सोही विमानमा आएका २ जना भारतीय व्यक्तिलाई भने ‘भीआइपी’ भन्दै क्वारेन्टिनमा पठाइएन ।
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार भारतमा तालिम गर्न ग एर फर्किएका १५ जना सेनाका जवान तथा अधिकृतहरूलाई लगनखेलस्थित खेलकुद तालिम केन्द्रमा बनाइएको क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिनेछ र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पूरा गरिनेछ । त्यसपछि मात्रै उनीहरुलाई सेवामा पठाइने छ ।
काठमाडौंस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीका अनुसार आज एअर इण्डियाको उडानबाट दुई जना भीआ ईपीहरु नेपाल आएको सुनेको भए पनि उनीहरु को हुन् भन्ने जानकारी छैन । ती अधिकारीले भने, ‘दुईजना व्यक्ति नेपाल आएको भन्ने सुनेको छु । तर, उनीहरु को हुन् भन्ने मलाई थाहा छैन । मलाई लाग्छ, उनीहरु दूतावासको क्वारे न्टिनमा पनि छैनन् । कुनै होटलमा गएका पनि हुन सक्छन् । उनीहरु को हुन् भन्नेबारे अहिले नै केही भन्न सक्दिनँ ।’
ती अधिकारीका अनुसार यदि दूतावासकै कर्मचारी भए उनीहरु १४ दिन क्वारेन्टिनमा बस्ने पनि ती अधिकारीले बताए । उनले भने, ‘यदि कोही आएको भए उनीहरुलाई १४ दिनसम्म दूतावासकै क्वारेन्टिनमा राखिने छ, बाहिर जान र अन्य व्यक्तिसँग भेटघाट गर्न रोक लगाइने छ । १४ दिनको क्वारेन्टिन अवधि सकिएपछि मात्रै नियमित काम मा लगाइनेछ ।’
नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ ।तर स्राेतका अनुसार भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपा ल प्र’मुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका हुन् शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । श्रोत:रातोपाटि