काठमाडौं । महामारीका बेलामा नागरिकको जीउधनको रक्षा गर्ने पहिलो दायित्व सरकारको हो । को’रो’ना महामा रीमा जुधिरहेका नागरिक हरुको जीवन रक्षाका लागि सरकारले नै पहल गर्नुपर्ने भएपनि सरकार त्यस जिम्मेवारी बाट पन्छन खोजेको छ । जनतालाई निःशुल्क दिन सकिने खोप आयात रोकिएपछि खोप अभियाननै प्रभावित भए को छ ।
स्वास्थ्यमन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच कुरा नमिल्दा प्रभावित भएको खोपभित्रको चलखेल विस्तारै सतहमा आउ न थालेको छ । केही दिनअघि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले को’रो’नाविरुद्ध आवश्यक खोप प्रधानमन्त्री निकट विदेशी खोप कम्पनीका स्थानीय कमिसन एजेन्टका कारण ल्याउन समस्या भएको खुलासा गरेका थिए ।
त्यसको केही दिनमै स्वास्थ्यमन्त्रीले खोप आयातमा जस का कारण ढिलाइ भएको बताएका थिए । सोही कम्पनीले खोप आयातको अनुमति पायो । सरकारले यसअघि चार डलरमा ल्याएको खोप चार गुणा बढी मूल्यमा बेच्ने गरी निजी कम्पनी हुकम डिस्टिब्युटर्सले अनुमति पाएको छ ।
यसअघि सरकारले भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्सबाट प्रतिडोज चार डलर अर्थात् चार सय ७२ रुपैयाँ मा खोप ल्याएको थियो । तर, अब भने प्रतिडोज १७ सय नौ रुपैयाँ शुल्क उठाउन हुकमले अनुमति पाएको छ । अब सेरमकै दुई डोजका लागि ३४ सय १८ रुपैयाँ भुक्तान गर्नु पर्नेछ ।
भारत बायोटेकको कोभ्याक्सिनलाई पनि व्यावसायिक प्रयोजनका लागि अनुमति दिइएको छ । कोभ्याक्सिन ल्याउन इब्राल्ड फर्मास्युटिकल्सलाई अनुमति दिइएको छ । कोभ्याक्सिनको मूल्य एकै डोजको २६ सय रुपैयाँ पर्छ । दुई डोज लगाउँदा ५२ सय रुपैयाँ पर्नेछ । स्पुतनिक भी’को मूल्य दुई डोजको मूल्य ३८ सय ८५ रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार रसियन खोप स्पुतनिक भी आयातका लागि विभा गले लोमस फर्मालाई अनुमति दिएको छ । कोभ्याक्सिन र स्पुतनिक ‘भी’ भन्दा पनि सस्तो मूल्य प्रस्ताव गरिएको चीनको भेरोसेलले भने आयातका लागि अनुमति पाएको छैन । सिनोभ्याक लाइभ साइन्सको यो खोप नेपालमा प्रयोग भइसकेको छ । भेरोसेलले प्रतिडोज मूल्य १५.२ डलर अर्थात् १७ सय ९३ रुपैयाँ प्रस्ताव भएको थियो ।
दुई डोजको ३५ सय ८६ रुपैयाँमा आउने भेरोसेलको प्रस्ता व स्थगित गरेर सरकारले ५२ सय रुपैयाँको कोभ्याक्सिन लाई अनुमति दिएपछि खोप आयातमा चलखेल भएको आशंका गरिएको छ ।यसबारे औषधि व्यवस्था विभागसँग बुझ्न खोज्दा विभागका महानिर्देशक व्यस्तता देखाउँदै बोल्न मानेनन् । शुक्रबार नै स्वास्थ्य मन्त्रालय खोप खरिद मा अनियमितताको विषय आएपछि विज्ञप्ति जारी गरेर आफ्नो जिम्मेवारीबाट भागेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड १९ खो प सम्बन्धमा भन्दै विज्ञप्ति जारी गर्दै कोभिसिल्ड खोप खरिदमा “स्वास्थ्य” सेवा विभाग आफैले नि’र्णय गर्ने भएकाले मन्त्रालयको संलग्नता नहुने प्रष्टीकरण दिएका छन् । उनले यसअघि ल्याउ ने भनिए को ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नभएको जनाएका छन् । सरकारलाई प्रभाव पार्न सक्ने स्थानीय एजेन्टले स्वास्थ्यमन्त्रालयलाई समेत खोप ल्याउन समस्या पारेको र खोप आयात गरि व्यापारमा पनि प्रतिस्पर्धालाई निषेध गर्दै एकाधिकार कायम गर्न सफल भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु नै बताउँछन् ।
श्रोत:news24nepal