ताजा समाचार राजनीतिक

बेड नपाएर एम्बुलेन्समै वडा सदस्यको मृ”त्यु

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले शुक्रबार बिहानै एउटा स्टाटस फेसबुकमा पोष्ट गरे। बिहानै ५ बजे पोस्ट गरिएको उनको स्टाटस का’रूणिक मात्र थिएन रुपन्देहीमा कोरोना संक्रमित र उनिहरूको उपचार गरिरहेका अस्पतालको भयावह अवस्थालाई छ’र्लङ्ग पारेको थियो।

‘अहिले भर्खर बिहानको ५ बजेको छ, हिजो बिहानदेखि राति ९ बजेसम्म कोभिड विरू’द्धकै अभियानमा ख’टिएर घर फर्किएको थिएँ। घर आउने बित्तिकै अस्पताल जानु पर्नेभयो। रातभर अस्पतालमै बिताएर भर्खर घर फर्किएको छु। मन अ’शान्त छ, पीडाको अनुभूति गरिरहेको छु।

आज मैले एउटा अभिभावक, राजनीतिक सहकर्मी तथा जस्तोसुकै कठिन परिस्थितिमा पनि जनताको सेवामा तल्लिन हुने एक जना लोकप्रिय अनि होनहार जनप्रति निधि गुमाएको छु। मैले तपाईँको शरीर लगलग कापिरहे को देखेँ, अ’नुहारबाट फिटफिट पसिना चु’हाईरहेको देखेँ,

तपाईँको आखाँबाट आँशुका धाराहरू बगिरहे को देखेँ, उपचारको आशामा तपाई व्यग्र भईरहे को देखेँ, तपाईँ तडपिईरहेको देखेँ, तपाईँ छटप टाईरहेको अनि उकुस मुकुस भईरहेको देखेँ, ‘मेघराज छिटो गर न म यहाँ एम्बु लेन्स भित्र अक्सिजन लगाएर मात्र बस्न सकिरहेको छैन मलाई छिटो अस्पताल भित्र लगिहाल न भन्दै   चिच्चाई रहेको सुनेँ।’ तर म निरिह भएँ, म लाचार भएँ, मैले तपाईँ को लागि केही गर्न सकिनँ दाइ, मैले तपाईँलाई बचाउन सकिन दाइ, अ’लबिदा नबिन दाई!’

भट्टराईले उनको ज्या’न बचाउन नसकी ला’चार भए भन्दै अल`बिदा मागेका व्यक्ति हुन्- बुटवलका जनप्रतिनिधि नवीन थापा।

बुटवल उपमहानगरपालिका वडा न. ७ का वडा सदस्य नवीनको भट्टराईले भनेजस्तै अस्पताल को बेड नपाएर एम्बुलेन्समै ज्या´न गएको हो। कोरोना सं’क्रमित थापा लाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, क्री”मसन अस्पताल, भिम अस्पतालहुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पुर्‍याइएको थियो। तर मेडि कल कलेजमा पनि बेड खाली नहुँदा उनले एम्बुलेन्समै ज्या’न गुमाउनुपर्‍यो।

यसअघि कोरोनाको पहिलो लहरमा बुटवल उपमहानगर पालिका -८ का वडा सचिव नारायण ज्ञवालीले पनि बेड अभावमै ज्या’न गुमाएका थिए।

”चिकित्सकका अनुसार पहिलो चरणमा सं’क्रमण देखिए पनि सबैलाई अक्सिजन आवश्यक थिएन। तर दोस्रो लह रमा फैलिएको संक्रमण पछि अस्पताल पुग्ने सबै बिरामी लाई अक्सिजन लगाउनैपर्ने बाध्यता छ।

थापालाई पनि मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै साहारामा मेडिकल कलेज बाहिर राखिएको थियो।

जनप्रतिनिधिलेसमेत अक्सिजन अभावमा अस्पताल बाहिर ज्यान गुमाउँछन् भने सर्व साधारणको अवस्था कस्तो होला कल्पना गर्न सकिन्न।

को’रोना संक्रमितको उपचार गराईरहेका रूपन्देहीका ५ वटा अस्पताल कुनैमा पनि एक जना थप बिरामी भर्ना गर्न सकिने अवस्था नभएको अस्पतालहरू बताउँछन्। दैनिक ६-७ सयको संख्यामा संक्रमित थपिने रूपन्देहीमा बिरामीले बेड पाउन सम्भव छैन।

एचडियु, आईसियु र भेन्टीलेटर गरि धागो कारखानामा   ५२ बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको लुम्बि नी प्रादेशिक अस्पतालले अस्पताल परिसरमा ७ बेडको फिभर क्लिनिक सञ्चालन गरेको छ। यसलेसमेत बिरा मीको चाप धान्न नसकेपछि ईमर्जेन्सीमासमेत बि’रामी भर्ना गर्न थालिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनाल अक्सिजन अभाव भएपछि लाचार भएर बिरामी को अवस्था टुलुटुलु हेर्ने बाहेक अरू केही गर्न नसकिएको बताउँछन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले दैनिक ४ देखि ५ सयको हाराहारीमा अक्सिजन सिलिन्डर आवश्यक पर्छ। तर आवश्यक पर्ने भन्दा आधा मात्र अक्सिजन उपलब्ध भएको डाक्टर खनालले बताए।’

अक्सिजन मात्रै भए पनि बि’रामीलाई भुईमै   सुताएर उपचार गर्न हुन्थ्यो। तर आवश्यकता अनुसार अक्सिजन नभएपछि उपचार गर्न असमर्थ भएको उनले बताए।

बिहीबार बिहानै अस्पतालको अवस्थाबारे फेसबुकमा लामै स्टाटस पोष्ट गरेका डाक्टर खनालले बिहिबार मध्यरातमा पनि त्यस्तै स्टाटस पोष्ट गरे,‘फेरि उही कुरा! मध्यरात मा डा. नन्दु र डा. राजेन्द्रको काम अक्सिजन खोज्ने भएपछि हालत के होला? बिरामीको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केहि गर्न नसकिने यो कस्तो बिवशता! अब त एकोहोरो टोलाउन मात्र बाँकी छ।’

डाक्टर खनालले अक्सिजनको व्यवस्थाका लागि स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय सरकार सबैसँग हारगुहार गरिरहे पनि अहिले सम्म व्यवस्था हुन नसकेको गुनासो गरे।

अस्पतालमा नयाँ भवन निर्माण भईरहेकोले अक्सिजन तथा अरू उपकरणको व्यवस्था हुनसके अस्पतालकै जनशक्तिले थप संक्रमित को उपचार गर्न सकिने उनले दाबी गरे।

दिनप्रतिदिन सिकिस्त अवस्थाका कोरोना संक्रमित थपिदै जान थालेपछि रूपन्देहीका अस्पतालले थेग्नै नसक्ने भएका छन्।

२५ बेडको एचडियू, ५ बेडको आईसियू र ४ वटा भेन्टि लेटर रहेको भिम अस्पतालले एचडियू र आईसियूका सबै बेड भरिएपछि चार दिन अघिदेखि नै इमर्जेन्सीको भुईमै फर्म बिच्छाएर उपचार शुरु गरेको छ।

यूसिएमएसले कोभिड विरा’मीको लागि अक्सिजन सहितका १ सय ४७ वडा बेड छुट्टयाए पनि अक्सिजन अभाव हुन थालेपछि विरामी भर्ना गर्न नसकिएको जनाएको छ।

अस्पताल प्रशासनका अनिल अर्यालले अस्पतालमा दैनिक ७ देखि ८ सय सम्म ठूलो सिलिण्डरको अक्सिजन चाहिने भए पनि चार सय पनि सिलिण्डर उपलब्ध नभए  पछि विरामी राख्न नसकिएको बताए। ‘शुरूमा ६५ बेड  बाट कोभिडका विरामीको उपचार शुरु गरिए पनि अहिले बेड बढाएर झण्डै १ सय ५० पुर्‍याएका छौं, अक्सिजन सहज रुपमा उपलब्ध हुन सके अझै ३० जना भन्दा बढि कोरोना सं’क्रमित भर्ना गर्न सकिन्छ,’ अर्यालले भने।

मणिग्रामस्थित क्रिमसन अस्पतालले पनि कोभिडको लागि छुट्याएका सबै बेड संक्रमित भरिएका छन्। अस्पतालले १० बेडको एचडियू, ५ बेडको सिसियू र एउटा भेन्टिलेटर कोभिडका विरामीको लागि छुट्याएको छ। ती सबै बेड विरामीले भरिएका छन्। त्यस्तै देवदह मेडिकल कलेजमा पनि चार जना सं’क्रमितको उपचार भईरहेको छ।

विरामीको चाप थे’ग्नै नसक्ने अवस्था आएपछि अस्पता लका पेटी र गल्लीमा समेत संक्रमितलाई राखेर उपचार गरिएको छ। हेर्दै कहालीलाग्दो अस्पतालका दृश्यले त्यहाँ जाने विरामी र आफन्तको मन क्षतविक्षत बनाउने गरेको छ।

संक्रमितको संख्या थपिएजस्तै मृत्यु दर पनि रुपन्देही     मा उच्च छ। बिहिबारसम्म रूपन्देहीमा २ सय ४३ जना सं’क्रमितको मृ`त्यु भईसकेको स्वास्थ्य कार्यालयको तथ्यां क छ। बिहिबार मृत्यु भएकाको संख्या थप गरिएको छैन। त्यस्तै सक्रिय सं’क्रमितको संख्या पनि साढे पाँच हजार नजिक पुगिसकेको छ।

हालैमात्र नवनियुक्त प्रदेश स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड अस्पतालको लागि भौतिक संरचनाको   खोजी भईरहेकोले छिटोभन्दा छिटो निकास निस्किने बताउँछन्। तर अस्पताल तथा चि`कित्सक भने अहिले भैतिक संर चनाभन्दा पनि अक्सिजन र उपकरण उपलब्ध भए भुइँमै सुताएर भए पनि उपचार गर्न सकिने बताउँछन्।

रूपन्देही जिल्लाभित्र हाल शंकर अक्सिजन ग्याँस प्रा.लि., लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्ड स्ट्रिज प्रा.लि. गरि तीन वटा कम्पनीले दैनिक करिब ११ सय सिलिण्डर अक्सिजन उत्पादन गरिरहेका छन्। तर सबै अस्पतालको माग हेर्ने हो भने दैनिक १७ देखि २ हजार सिलिन्डरसम्म अक्सिजन रुपन्देहीमै आवश्यक पर्छ।

Facebook Comments Box