ताजा समाचार

रा’ष्ट्रि’य’सभा उपनिर्वाचन नेकपा एमाले उम्मेदवार राम बहादुर थापा (बादल) बने

काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाएको छ। शुक्रबार बालुवाटारमा भएको शीर्षनेताहरुको छलफल पश्चात सत्तारुढ दल एमाले बादललाई नै उम्मेदवार बनाउने निष्कर्षमा   पुगेको  हो।बादलसहितको टोली हेलिकप्टरमा उम्मेदवारी मनोनयनका  लागि बागमती प्रदेशको राजधानी हेटौंडातर्फ प्रस्थान गरेका छन्।

राष्ट्रियसभा  सदस्यका  लागि  प्रदेशसभा सदस्य र स्थानीय तहका  प्र’मुख  तथा उ’प’प्र’मुख मतदाता हुन्। बागमतीमा एमालेको  एकल  बहुमत  भएपनि  माधव  समूहले विपक्षी पार्टीसँग  गठबन्धन  गर्दा  एमालेलाई  संकट उत्पन्न भएको छ।राष्ट्रियस भा उपनिर्वाचनमा  एमालेका  माधव-झलनाथ समूहले कांग्रेस माओवादी सहितका

अन्य  दलसँ ग गठबन्धन  गरेर  राष्ट्रियसभाको रिक्त पदका लागि डा.  खिमलाल  देवकोटालाई अघि सार्ने सहमति भइ सकेको छ।  बागमती प्र’देश  नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष  डा. देवकोटा  राष्ट्रियसभाको   उपनिर्वाचनमा बागमती प्र’देशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागे का हुन्।

माओवादीबाट  निर्वाचित  बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। बागम ती प्र’देश अन्तर्गत राष्ट्रिय सभाको लागि हुन लागेको उपनि र्वाचनका  लागि  आज  मनोनयन  दर्ता  हुँदैछ।  उम्मेदवारी दर्ताको  समय  बिहान  १०  बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको  छ। बागमती प्र’देशको  एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

यो पनि पढ्नुहोस!  प्रधानमन्त्री  केपी  ओलीको  को’रो’ना भाइरस  (कोभिड-१९)  संक्रमण   परीक्षणका लागि स्वाब संकलन  गरिएको  छ।   शुक्रबार  प्रधानमन्त्रीको  सरकारी निवास   बालुवाटारमा    प्रधानमन्त्री    ओलीसहित उनका स्वकीय र निजी  ‘सचिवालय’ सुरक्षा निकाय र चालकसहि त १००  जनाभन्दा  बढीको स्वाब संकलन गरिएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि  प्रतिनिधिसभाका सांसदहरुको बुधबार को’रो’ना परीक्षणका  लागि  स्वाबको  नमूना  संकलन  गरिएको छ। सोही क्रममा  स’भा’मु’ख  अग्निप्रसाद  सापकोटा र उनको सचिवालयका  सबै  कर्मचारीको  ने’गे’टिभ रिपोर्ट आएको छ।  परीक्षण   गराएकामध्ये   प्रतिनिधिसभाका   चारजना सांसद र तीनजना

कर्मचारीमा को’रो’ना पुष्टि भएको संसद सचिवालयले जना एको छ।  अन्यको  आउन  बाँकी छ।बिहीबारदेखि सुरु हुने संसद  अधिवेशनमा  सहभागी हुन सांसदले कोरोना परीक्ष ण गराएका हुन्। प्रधानमन्त्री  ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिदैछन्।श्रोत:अन्नपूर्ण

Facebook Comments Box