निषेधाज्ञाका कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न नसक्दा विजुलीको माग घटेको छ । यो सँगै भारतबाट हुने आयात समेत कम भएको नेपाल विद्युत प्राधिकरणले जना एको छ । निषेधाज्ञा अघि (१३ गते) १४ सय ८२ मेगावाट सम्म पिक डिमान्ड रहेकोमा निषेधाज्ञासँगै क्रमशः घट्दै गएको प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बताएका छन् ।
अहिले औसतमा १२ सय ५० मेगावाट पिक आवर डिमान्ड रहेको छ । बुधबार १२ सय ५८ मेगावाट पिक डिमान्ड थियो भने मंगलबार ११ सय ७८ मेगावाट माग थियो । यस्तै सोमबार १२ सय २२ मोगावाट माग भएको प्राधिकर णले जनाएको छ । गत वर्ष यही समयमा सरकारले बन्दा बन्दी गर्दा पनि बिजुलीको माग घटेर ८०० मेगावाट हारा हारीमा आएको थियो । त्यसबेला उद्योग धन्दा पूर्ण रुपमा बन्द थिए ।
अहिले देशभरका औद्योगिक क्षेत्र पूर्ण क्षमतामा चल्न नस केको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ कच्चा पदार्थको अभाव र कामदार कोभिड संक्रमित भएप छि उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापनको भनाइ छ । यद्यपि अत्यावश्यक उत्पादन, दुध, ग्यास, पाउरोटी, बिस्कुट, अक्सिजन, पानीको उत्पाद न भने घटेको छैन ।
को’रो ना माहामारी बढेसँगै निषेधाज्ञा पनि लम्बिदै गएको छ देशभर अहिले ६१ जिल्लामा निषेधाज्ञा जारी छ । वैशा ख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई सरकारले निरन्त रता दिइरहेको छ । संक्रमणको आधारमा निषेधाज्ञा हुने जिल्लाहरु पनि थपिदै गएका छन् अहिले लोड घटेको बेला मा कुलेखानी जलाशय लाई प्राधिकरणले रिजर्भमा राखे को छ ।
यसको सतह कम हुँदै गएकाले यसलाई रिजर्भमा राखिए को प्रधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा पानीको सतह धेरै तल पुगेपछि आयोजना बन्द गरिएको हो । कुलेखानी पहिलो, दोस्रो र तेस्रोको जडित क्षमता १ सय ६ मेगावाट रहेको छ । पानी सञ्चिति बढाउन कुलेखा नी आयोजन बन्द गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिए ।
उनले भने, ‘माग कम भएको बेला यसलाई चलाएका छैनौँ । रिजर्भमा राखेका छौँ । अरु सबै जलविद्युत आयोज नालाई भने पूर्ण क्षमतामा चलाइएको छ ।’नेपालले सबै भन्दा बढी बिजुली कालिगण्डकी जलविद्युत आयोजना बाट प्रयोग गर्दै आएको छ । यो १ सय ४४ मेगावाट क्षमता को आयोजना हो । यसले पिक समयमा १ सय ४४ मेगावा टसम्म विजुली उत्पादन गर्छ ।
केही दिन अघि पानी नपर्दा ४५ मेगावाटसम्म विजुली उत्पा दन क्षमता घटेको थियो । तर पछिल्लो केहि दिन यता पानी परेसँगै यसको उत्पाद न क्षमता बढेको छ । अहिले औसतमा ८० मेगावाट उत्पादन हुन्छ ।यो क्यूआरओआर बेस आयोजना हो । कालीगण्डकी , दुइवटा मर्स्याङ्दी र चमेलिया क्यूआरओआर बेस हुन । यिनीहरुले कम लेभल हुदा पनि चाहिएको बेला ६ घण्टासम्म पूर्ण क्षमतामा उत्पा दन गर्न सक्छन् ।
नेपालमा साना ठूला गरेर लगभग सय भन्दा बढी जलविद्यु त आयोजना छन् ।विजुली माग घटेसँगै आयात पनि घटे को छ । सामान्य अवस्थामा साढे ७ सय मेगावाट सम्म भारतबाट आया त हुँदै आएकोमा अहिले ६ सय मेगावाट भन्दा कम बिजुली आयात भएको प्राधिकरणले जनाएको छ । अहिलेको मौसम न ज्यादा गर्मी छ न ज्यादा जाडो नै छ । ज्यादा गर्मी हुँदा एसी, फ्यान लगायत शीतलता दिने विद्युतीय साधन कम प्रयोग भएपछि माग बढी हुन्थ्यो ।
यस्तै जाडोमा न्यानो बनाउन हिटर लगायतका साधन ज्या दा चलाउने हुदा पनि विद्युतको माग ज्यादा हुने गरेको थियो । तर अहिले अनुकुल माैसमका कारण यी दुबै अवस्थाको साधनको प्रयोग नहुँदा पनि विद्युत माग कम भएको तिमल्सिनाको भनाई छ । यता होटल रेष्टुरेन्ट लगा यतका आतिथ्य सेवा दिने सेवा उद्योगहरु पनि पूर्ण रुपमा बन्द छन् ।
श्रोत:रातोपटि