ताजा समाचार

गाई पालन व्यवसाय भन्छन् ! दुध बिक्री नहुदा गाइलाई नै खुवाउन बाध्य छु

सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका चन्द्र प्रसाद  उपाध्याय  रोजगारीका  लागि   भारत  जाने  गर्थे । घरखर्च चलाउनकै लागि भारत जानुपर्दा उनी निकै भावुक बन्थे । अर्काको  देशमा  दुःख  गर्नुभन्दा  आफ्नै गाउँघरमा केही  व्यवसाय  गर्नुपर्छ भनेर उनले गाईपालन गरे ।२०७२ सालदेखि चन्द्रप्रसादले पाईपालन व्यवसाय सञ्चालन गरे ।

पहिलो  वर्ष  उनलाई केही समस्या भए पनि दोस्रो वर्षदेखि उनको व्यवसाय  निकै फस्टायो  । झण्डै २० वटा गाई पाले का उनले  वार्षिक  ५  लाख  रुपैयाँबराबर रकम दूध बिक्री बाटै  कमाई  गर्न थाले । उनको पुर्ख्यौली पेशा पनि कृषि नै भएकाले गाईपालनलाई  थप विस्तार गर्ने सोचसहित उनले लगा ‘नी बढाए ।  पत्नीले  पनि  उनलाई  व्यवसायमा निकै सहयोग गरिन् ।

तर, एकाएक विश्वभर फैलिएको कोरोनाभाइरसले गर्दा उन को व्यवसाय  चौपटजस्तै भयो । गत वर्ष झण्डै चार महिना लकडाउन  गर्दा  उनको फार्ममा  दैनिक  उत्पादन हुने सयौँ लिटर दूधले बजा र पाएन । जसका कारण उनको झण्डै ५ लाखभन्दा  धेरै  रकम खे र गयो  ।उनी  भन्छन्,  गत   वर्ष त्यत्रो  घाटा  व्यहोर्नु पर्यो। यो साल पनि उस्तै समस्या आइ पर्यो ।

चन्द्रप्रसादको फार्ममा आजभोलि दैनिक ११० लिटर बराब र दूध उत्पादन  हुन्छ । तर , वैशाख १४ गतेदेखि निषेधाज्ञा लागु भएका  कारण दूधले बजार पाउन सकेन । केही निय मित    ग्राहकले  मात्र  दूध  लैजाने  गरेको  उनले  सुनाए ।
उनका अनुसार  पाँच  लिटर दूध पनि बिक्री गर्न हम्मे–हम्मे परेको छ । एक सय पाँच लिटर दुख खेर गइरहेको छ ।

गाई  दुहुन्छौँ,  केही  आफु खान्छौँ केही गाईलाई खुवाउँछौँ उनले  भने, ‘बजारमा  दूध  लैजान  त प्रहरीले त दिन्छ, तर ग्राहकहरू को’रोनाको डरले घरबाहिर नै आउँदैनन् । डेरीले बिक्री  नहुने  भन्दै  राख्न  मान्दैनन्  ।’उनले  गत  वर्षदेखि जग्गाको भाडा  तिर्न नसकेको गुनासो सुनाए । ‘गत वर्षको एक लाख  तिर्नै बाँकी छ,  उनी भन्छन्, ‘यो वर्ष पनि भाडा तिर्न सकिने अवस्था छैन ।’

चन्द्रप्रसादमात्र  हैन, वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइ लीका दीपेन्द्र  कार्कीको  समस्या  पनि उस्तै छ । कार्कीको फार्ममा  १४  वटा गाईबाट दैनिक १५० लिटर दूध उत्पादन हुन्छ ।  अहिले  निषेधाज्ञाका  कारण  सबै  दूध बजारसम्म पुर्याउन नसकिएको उनले बताए । केही मात्रामा दूध बजार मा गएको र बाँकी दूधको पनिर बनाउने गरेको उनको भना इ छ ।

गत  वर्षको  लकडाउनबाट झण्डै ४ देखि पाँच लाख रुपैयाँ बराबरको  घाटा  व्यहोरेका उनले यो वर्ष पनि उस्तै समस्या झेल्नुपरेको गुनासो  सुनाए ।विगत १२ वर्षदेखि गाईपालन व्यवसायमा  रमाइरहेका  दीपेन्द्र  सुर्खेतकै प्रतिष्ठित कृषक का रुपमा  चिनिन्छन् । यही व्यवसायबाट अन्तर्राष्ट्रिय कृषि तारा अवार्डसमेत  पाइसकेका उनी २०६४ सालमा चितवन मा सिभिल  इञ्जिनियर  पढ्न  गएका  बेला त्यहाँको कृषि क्रान्ति देखेर मोहित भएका थिए ।

०६५  मा  चितवनबाटै  तीनवटा  माउ गाई र भैरहवाबाट ४ वटा माउ  गाई  ल्याएर  व्यवसाय सुरु गरेका उनले वार्षिक ६÷७ लाख रुपैयाँ कमाई गर्दै आएका थिए । तर, को’रो’ना ले समस्या  थपिदियो ।वीरेन्द्रनगरमा अहिले प्रतिलिटर दूध ६० रुपैयाँमा  बिक्री  हुने  गरेको  छ,’  दीपेन्द्र भन्छन्, ‘यही व्यवसायबाट  राम्रो आम्दानी भईरहेको थियो । तर किसान लाई नै समस्या दिन कोरोना आयो ।

सरकारले  आफूजस्ता  गरिखाने  किसानको  पक्षका  कुनै कार्यक्रम नल्याएको उनको गुनासो छ ।दीपेन्द्रले गाईपालन का  साथसाथै  तरकारी  खेती  पनि गरेका छन् । झण्डै २२ कठ्ठा जमिनमा तरकारी खेती गरेका उनले तरकारीले समेत बजार नपाएको  गुनासो गरे । ‘ बजारमा बाहिरको तरकारी ल्याउन  दिईएको  छ । तर,  स्थानीय तरकारी बजारीकरण को कुनै व्यवस्थापन भएको छैन,’ उनले भने । श्रोत:रातोपाटि

Facebook Comments Box