रुपन्देही । बाँकेमा १६ वर्षीया किशोरी फेसबुकबाट बनेका प्रेमीले जन्मदिन मनाउन बोलाएर सामूहिक ब लात्का रमा परेकी छन् । किशोरीमाथि ब लात्का रको अभियोगमा प्रहरीले ७ जनालाई प क्राउ गरेको छ ।
राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक ब ला त्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
बाँके प्रहरीले ब ला त्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित
सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् ।
प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बैजनाथ गाउँपालिका-८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।
दुईजना फेसबुकबाटै प्रेममा परेका थिए । हेमराजले नै बोला एपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् ।