ताजा समाचार

मन्त्री हेरफेरले ता‘त्यो समाजवादी ! ६ महिनामा नयाँ भर्ति भन्दै तिव्र आलोचना

सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ ।आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा

रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवन

राम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरिएको एकीकृत

समाजवादीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने

निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।एकी कृत “समाजवादीले पर्यटनमन्त्री बाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्री

बाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठ लाई फिर्ता बोलाइएको छ ।नेकपा एमालेबाट विभाजित भएर नयाँ दल बन्ने बेलामा नेता नेपाललाई साथ दिएका

मध्ये झाँक्री, आले र श्रेष्ठ बढी चर्चामा थिए । उनीहरुलाई पहिलो चरणमा मन्त्री बनाइएको थियो । मेटमणि चौधरी पनि मन्त्री बन्ने चर्चा भएको भए पनि त्यति बेला उनी सूची

मा अटाएका थिएनन् ।तर, आगामी प्रतिनिधि सभा चुनाव कात्तिक-मंसिरमा हुने गरि छलफल गठबन्धनमा चर्चा चलिरहेको हल्ला खल्ला नगरी एकीकृत समाजवादीले

मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ जसलाई महत्वका साथ हेरिएको छ ।अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताएका छन्।उनले भने यो पनि नियमित

प्रक्रिया हो। सुरुदेखि नै ६ महिना भनेर उहाँहरुलाई जिम्मेवारी दिइएको हो ।’तर, यसलाई आगामी संघीय निर्वाचन लक्षित ठानिएको छ । एकीकृत समाजवादीका

एक नेताका अनुसार चुनावमा जनमत भएकालाई मन्त्री बनाइएको हो । जनमत बलियो भएकालाई मन्त्री बनाएर अवसर दिइएको उनको भनाइ छ । सवैलाई मन्त्री बनाउन

का लागि एकीकृत समाजवादीले ६ महिना भन्दा कम समयका लागि नयाँ मन्त्री बनाएर अस्थिरता निमत्याएको भन्दै आलोचना समेत भइरहेको छ ।

Facebook Comments Box