एक्सक्लुसिभ भिडियो ताजा समाचार

केपी ओली भनेको गोमन सर्प हो:डा.सुन्दरमणि (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यसपटकको चुनावमा भ्रष्टाचार नगर्ने व्यक्तिलाई जनताले जिताउने विश्वास दिलाए का छन् ।।

उनले काम गर्नसक्ने युवालाई नै विजयी गराउनुपर्ने सुझाव दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा

गर्दै उनले स्वतन्त्र व्यक्ति नै स्थानीय तहको नेतृत्वमा आउनु पर्नेमा जोडदिए उनले अहिलेको चुनावमा जनताले स्वतन्त्र र युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि बताए । निर्वाचन दिन

प्रतिदिन महँगो बन्दै गएको भन्दै उनको गुनासो थियो । उनले स्थानीय तहको निर्वाचनमा पार्टीविशेष व्यक्तिलाई चुनाव लड्न दिन नहुने धारणा राखे । उनले काम गर्नसक्ने

व्यक्तिको हिसाबले जनताले भोट दिनुपर्ने बताए । उनले स्वतन्त्र उम्मेद्धवारलाई जिताउनको लागि सोच्नुपर्ने पनि तर्क गरे । उनले गठबन्धनको उम्मेद्धवारलाई आफूले भोट

नदिने स्पष्ट पारे ।डा. दिक्षितले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालकै माहिर पोलिटिसियनको रुपमा चित्रण गरे । उनले भने,अब ओली

ले कहिल्यैपनि प्रचण्डलाई क्षमा गर्लान् ? ओली भनेको त माहिर पोलिटिसियन हो, त्यो मान्छे गोमन सर्प हो, उसले छोड्दैन आफ्नो शत्रुलाई ।” उनले यो मुलुकको राजनीति

नै केपी ओलीको हातमा रहेको दाबी गरे उनले पाँच दलीय गठबन्धनको एकमात्रै उद्देश्य भनेको एनी हाउ केपी ओली हटाउ मात्रै रहेको सुनाए।

Facebook Comments Box