काठमाडौँ — दुई दिनदेखि फेसबुक र टिकटक मा एक जना युवक भाइरल छन् । म्यादी प्रहरी को पोशा,,कमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक,
युट्युब सबैतिर छाएका छन् सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते,
किस्ने सबहरू नडरा न हो तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । ल ड्न मन लागे लड ।
कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पे क्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका
अनु सार म्यादीको पोशा कमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् ।ती भाइरल हुने युवक कपिल वस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज
रेग्मी हुन् । प्रहरी प्रवक्ता एसएसपी वि ष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।
रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाए को खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका
छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ ।रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले
भने ।प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।