प्रदेश १ सरकारद्वारा निर्माण गरिएको को’रो’ना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेश भरीका विभिन्न अस्पाता ल तथा जिल्ला प्रशासन कार्यालयलाई को’रोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने नि’र्णय गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने प्र’देश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई कोशी अस्पताल, कोभिड– १९ उपचार केन्द्रलगायत अस्पतालहरूको लागि आवश्यक पर्ने सेनिटाइजर, मास्क, पिपिई सेट, एन्टिजेन किट, आक स्मिक औषधि लगायतका कोभिड–१९ रोकथाम, नियन्त्र ण तथा उपचारसँग सम्बन्धित सामाग्री खरिदका लागि ५० लाख दिने निर्णय गरेको हो ।
यस्तै कोभिड–१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापन का लागि मेची अस्पताल भद्रपुर झापालाई २५ लाख, जिल्ला अस्पताल इनरुवा सुनसरी, जिल्ल अस्पताल धन कुटा र उदयपुर कोभिड– १९ अस्पताल (आइसोलेसन सेन्टर), बेल्टाललाई २०/२० लाख रुपैयाँ दिने समितिले निर्णय गरेको छ ।
यस्तै पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदय पुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, मदन भण्डारी अस्प ताल तथा ट्रमा सेन्टरलाई १० लाख रुपैयाँको दरले र जिल्ला अस्पताल ताप्लेजुङलाई १५ लाख रुपैयाँ आइसो लेसन स्थापना, संचालन तथा उपचार सेवा सम्बन्धी खर्च गर्न रकम दिने निर्णय पनि गरिएको छ ।
समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्ग तका जिल्ला प्रशासन कार्यालय झापालाई स्थायी प्रकृति को हेल्प डेस्क, स्क्रिनिङ पोइन्ट तयार गर्न २३ लाख, हेल्प डेस्क, स्क्रिनिङ पोइन्ट संचालन गर्दा १५ दिनको लाग्ने चालू खर्च १२ लाख २ हजार ५ सय र १ हजार जना क्षम ताको १५ दिनको लागि होल्डिङ सेन्टर बनाउन लाग्ने लाग त ५७ लाख २४ हजार निकासा गर्ने निर्णय पनि गरेको छ ।
होल्डिङ सेन्टर सुचारु गर्न र १ महिनामा १ हजार जना बिरामीको व्यवस्थापनको लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १५ लाख र जिल्ला प्रशासन कार्या लय इलामका लागि एम्बुलेन्स, शवबहान चालकको भत्ता शव व्यवस्थापन खर्च, पशुपति नगर सीमा क्षेत्रमा क्वारेन्टा इन, होल्डिङ एरिया संचालन तथा आकस्मिक सेवा संचाल नका लागि १५ लाख, होल्डिङ सेन्टर सुचारु गर्न र १ महि नामा ५० जना बिरामीको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई २० लाख रुपैयाँ,
ओखलढुंगा हर्कपुरमा होल्डिङ सेन्टर संचालन तथा व्यव स्थापन गर्न १५ लाख रुपैयाँ र जिल्ला प्रशासन कार्यालय हरु भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ ओखलढुंगा , सोलुखुम्बु , उदयपुर, पाँचथर र ताप्लेजुङका लागि ५ लाख रुपैयाँका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय समितिले गरेको छ । प्रदेश १ को’रो’ना जनसुर क्षा कोष मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सञ्चालक समिति बनाइएको छ ।श्रोत:रातोपाटि