‘हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई, हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,२०२६ सालमा कबि दुर्गालाल दाईको शब्द लाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाईला अगाडी बढाएको थिएँ मैले।
‘कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी। मन मा मानबता भएको ब्यक्ति तिमी कसैको कुभलो’को शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी। मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेकोछु
‘म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। को’रोनालाई जि’त्छु भन्ने आत्मबिश्वास छ ।
‘चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाई मा थिएँ तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।
“गोरेटो त्यो गाउँको लौन आज”भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेकोछ।
माईती घरको ” नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेकोछ।
“घुम्तीमा नआउ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि र’ह्यो र …
तिम्रो आत्मालाई चीर शान्ती मिलोस। हा’र्दिक श्र’ध्दाञ्जलि छ है दाई तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ –