ताजा समाचार

तिलोत्तमाका मेयरले भने -‘म बरु साइकलमा हिँड्छु, मेरो गाडी बिरामी बोक्न पठाउँछु’ !

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना सं`क्रमित र अन्य बि`रामी लाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।

मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडी मा अक्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्न लागिएको हो ।

मेयर घिमिरेले भने, ‘नगरवासीले चौबिसै घण्टा सवारी साध नका लागि हा’रगु’हार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अ’ का ल’मा ज्या’न जान सक्ने अवस्था पनि आउन थाल्यो ।

उपमेयर जी र मैले सल्लाह ग¥यौं र हामी दुवैजनाको गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदे   खि बि`रामी बोक्न पठाउँदै छौं ।’उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताए ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला कोरोना संक्र`मणको उच्च जोखिममा छ । त्यसमा पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका थप जो`खिममा छ ।

बुटवलमा बुधबार दिउँसो साढे ४ बजेसम्म १४६ महिला र १८६ पुरुषसहित ३३२ जना संक्र`मित छन् भने तिलो त्तमामा ७४ महिला र ८४ पुरुष सहित १५८ जना संक्र` मित छन् ।

बुधबार साँझसम्म जिल्लाभर ७९७ जना संक्र`मित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रातोपाटी

Facebook Comments Box