काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान को नि’ध’न भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको नि’ध’न भएको हो सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको नि’ध’न भएकोर उनका छोरा को साथी सबिन श्रेष्ठले बताए ।
सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि नि’ध’न भएको छ ।’ श्रेष्ठले को’रो’ना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।विसं. १९९ ४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राण देवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो ।
उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमह रू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो ।
एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’ ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलह रू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।
यो पनि पढ्नुहोस !युरोपेली च्याम्पियन्स लिग फुटबल प्रति योगितामा रियल म्याड्रिडलाई हराउँदै चेल्सीले फाइनल यात्रा तय ग-यो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको चेल्सीले घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा २–० को जीत निकाल्यो ।इडेन हाजार्ड रियलका स्टार खेलाडी हुन् । तर, उनले टोलीको उद्धार गर्न सकेनन् । बरु, खेल सकिए पछि चेल्सीका आफ्ना केही पूर्व सहकर्मीहरुसँग उनी जोक गर्दैै, हाँस्दै गरेको अवस्थामा देखिए ।
उनले विजयी भएका पूर्व सहकर्मीहरुलाई बधाई दिँदै गरे को भिडियो टेलिभिजनको क्यामेराले देखाएको थियो, यस क्रममा उनी ठट्टा गर्दै थिए । यो दृश्य म्याड्रिडका लागि राम्रो होइन । रियल म्याड्रिड समर्थकहरुले यही कारण सामाजि क सञ्जालमा आक्रोश पोखेका छन् ।
बेल्जियमका हाजार्डले २०१९ मा रियल आउनुअघि ७ वर्ष चेल्सीमा बिताएका थिए । उनले यस अवधिमा क्लबका तर्फबाट २ सय ४५ खेलमा ८५ गोल गरेका थिए । रियल आएयता चोट का कारण निकै कम खेलमा मात्रै हाजार्डले खेलेका छन् । उनले २७ खेलमा केवल ३ गोल गरेका छन् । श्रोत:रातोपाटि