ताजा समाचार

घर जान हिँडेका यात्रु सङ्ग चर्को भाडा असुलेको आ’रो’पमा गोंगबुबाट एक ब्यक्ती प’क्राउ

प्रहरीले यात्रुसँग बढी भाडा लिएको आरोपमा एक जनाला ई प’क्राउ गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी  भाडा  लिएको आ’रो’पमा एक जनालाई बुध बार  गोंगबु  बसपार्कबाट  प’क्राउ गरेको हो।प’क्राउ पर्नेमा स्याङ्जा  चापकोट  घर  भई काठमाडौं मित्रनगर बस्ने ३० वर्षीय मिलन सारू छन्। उनी बाग्लुङ भगवती काउन्टरका कर्मचारी समेत हुन्।

उनलाई  महाशाखाबाट  सादा पोशाकमा खटिएको टोलीले प’क्राउ  गरेको  महाशाखा प्र’मुख  प्रहरी   वरिष्ठ उपरीक्षक (एसएसपी)   जनक भट्टराईले जानकारी दिए।महाशाखाले कोरोना भाइरसको  महामारीलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको  समयमा  मौकाको  फाइदा  उठाएर ठगी गर्न सक्ने भन्दै सादा पोशाकको टोली खटाएको हो।एसएसपी  भट्टराईका अनुसार काठमाडौंदेखि बाग्लुङसम्म जाने नियमित  भाडा  नौ सय भएकोमा सारूले तीन हजार देखि चार हजारसम्म लिएका थिए।सारूले वैदेशिक रोजगा रबाट  घर  फर्किन  लागेका  १० जना यात्रुबाट चर्को भाडा लिएको भन्ने उजुरी परेको थियो।पक्राउ परेका मिलन सारू लाई  आवश्यक  कारबाहीको लागि महानगरीय प्रहरी प्रभा ग बसपार्कमा बुझाइएको छ।

थप समाचार!  नेकपा एमालेको स्थायी कमिटी बैठक बालु वाटारमा  बसेको  छ। बिहीबार  बिहान  १०  बजेका लागि बैठक   बोलाइए  पनि  ११  बजेपछि   बैठक  सुरू भएको थियो।एमालेमा  १९ जना  स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ  खनाल  र  माध व नेपाल  पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।

आज बसेको  स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचन का लागि  पार्टीका  तर्फबाट  उम्मदवार  तय गर्ने सम्भावना छ। बागमती र लुम्बिनी प्र’देशमा  एकेक पद रिक्त छ। त्यस का लागि जेठ ६ र १७ गते उपनिर्वाचन तोकिएको छ।साथै प्रधानमन्त्रीसमेत   रहेका  नेकपा  एमालेका  अध्यक्ष  केपी शर्मा  ओलीले   वैशाख  २७  गते संसदबाट विश्वासको मत लिन  लागेका  छन्। त्यसअघि  ओलीसहित  एमाले नेताले नेपाली  कांग्रेसका  सभापति  शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए।

तर कांग्रेसले विश्वासको  मत  दिन  नसकिने  प्रष्ट बताएको छ।प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले  बहुमतको  सरकार नबनाउने  अवस्था  पनि नरहने भन्दै  चुनावमा  जानुपर्ने  तर्क  अगाडि   सारिरहेका   छन्।
यी  समग्र  राजनीतिक घ’टनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए। आज बैठकका एजेन्डाबारे पूर्ववत रूपमा जानकारी दिइएको थिएन।श्रोत:सेतोपाटि

Facebook Comments Box