काठमाडौ । तपाईं-हामी कति स्व’स्थ छौं ? यसको सामान्य आं’कलन हामी गरिरहेकै हुन्छौं । सबैकुरा ठीकठक छ वा शरीरमा कुनै दुः’ख–पी’डा छैन भने हामी ठान्छौं, म स्वस्थ छु । राती सही समयमा निद्रा लाग्छ, सही समयमा भो’क लाग्छ, सही समयमा दिसा–पि’साब लाग्छ । सामन्य अवस्थामा कुनैपनि किसिमको पी’डा अनु’भव हुँदैन, शरीरमा घाउ ख’टिरा आएको छैन । थका’न, कमजोरी म’हसुष हुँदैन । हिँडडुलमा समस्या छैन । यस्तो अवस्थामा हामी सोच्छौं, म ठीक छु ।
यसबाहेक कतिपयले नियमित स्वा”स्थ्य जाँच पनि गर्छन् । शरीरका विभिन्न अंग र अवस्थाको जाँचपछि रिपोर्ट सामान्य देखिएपनि हामीलाई लाग्छ, मलाई कुनै रोग छैन । तर, यो शारीरिक अवस्थाको कुरा मात्र हो । हुन त हामी शारीरिक रुपले स्वस्थ र तन्दु”रुस्त छौं भने अन्य धेरै हिसाबले ठीक हुन सक्छौं । यद्यपि शारीरिक रुपमा स्वस्थ वा तन्दुरुस्त हुनुले मात्र कुनैपनि व्यक्ति स्वस्थ छ भन्न सकिदैन । यसका लागि हामी चार हिसाबले स्वस्थ हुन जरुरी छ ।
एक, शारीरिक ।
दुई, मानसिक ।
तीन, आध्यात्मिक ।
चार, सामाजिक ।
शारीरिक स्व’स्थ्य
जब हाम्रो अंगहरुले सही ढंगले काम गरिरहेको छ । कुनै पीडा, दुखाई अनुभव छैन । थकान हुँदैन । दिसापिसाब सही समयमा हुन्छ, भोक सही समयमा लाग्छ, निद्रा सही समयम लाग्छ । तब हामी शारीरिक रुपले ठीक छौं । हामीलाई कुनै पनि किसिमको दीर्घ रोग लागेको छैन । मधुमेह, उच्च रक्तचाप, कोलेस्टोर, थाइराइड, दम, वाथ आदि कुनैपनि समस्या छैन भने हामी शारीरिक रुपले ठीक छौं ।
मान’सिक स्वा’स्थ्य
शारीरिक स्वास्थ्य भौतिक कुरा हुन् । तर, यससँग हाम्रो मानसिकता पनि अभिन्न रुपमा जोडिएको हुन्छ । हाम्रो मानसिकता नै खराब छ वा मानसिक रुपमा हामी कमजोर छौं भने हाम्रो शरीरका अंगहरुले सही रुपमा काम गर्न सक्दैन । यसको नकारात्मक असर कुनै न कुनै रुपमा परिरहेको हुन्छ । त्यसैले हाम्रो मनस्थिती, मुड सही हुन जरुरी छ । चिन्ता, तनाव, बेचैनी, डिप्रेसन आदिबाट मुक्त हुनुपर्छ । अर्थात मानसिक रुपले पनि हामी स्वस्थ हुन जरुरी छ ।
आध्या’त्मिक स्वा’स्थ्य
आध्या\त्मिक भन्नसाथ धेरैले धर्मकर्मसँग जोडेर हेर्छ । तर, यो आफैमा विज्ञान हो । आफ्नो स्वरुपको ज्ञान हुनु हो । आध्यात्मिक ज्ञानले जीवन र जगतलाई प्रष्टसँग बुझ्ने मौक दिलाउँछ । यसले नैतिक र सुसंस्कृत जीवनयापनका लागि अभिप्रेरित गर्छ । सामाजिक स्वास्थ्य
हाम्रो शरीर, मनसँग सधै जोडिएर आउने कुरा हो, समाज । जब हामी समाजसँग घुलमिल भएर, आपसी सद्भाव र सहयोग आदनप्रदान गरेर, भावनात्मक सम्बन्धहरु स्थापित गरेर, एकअर्काको आडभरोसा बनेर जीवन बिताउन थल्छौं, तब हामी धेरै समस्याहरुबाट मुक्त हुन्छौं । साथीभाई, आफन्त, इष्टमित्र, छिमेकीसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु नै सामाजिक जीवन सफल हुनु हो ।