खेलकुद ताजा समाचार

मेरो बारे अनलाईनमा आएका समचार झुट हो: रचना रिमाल

-नमस्कार म रचना रिमाल हालै सम्पन्न T20I सिरिजको सबैखेल मैले फोनबाट हेरेपनि हिजो फाइनल म्याच मैदानमै सम्पुर्ण समर्थकसँगै बसेर हेर्ने योजना साथ म

हिजोको सबै काम सारेर १ बजे मैदान पुगेको थिए । तोकिएको रु . २०० को टिकट किनेर खेलको पहिलो इनिङ समर्थकहरुको बिचमा बसेर हेरेको थिएँ भने दोश्रो

इनिङ्को ५ ओभर पछि क्यानको निमन्त्रणा मा म VVIP बक्समा बसेर अन्तिम सम्म खेल हेरेर खेल पश्चात् सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको

थिए। त्यसै समय केहि खेलाडी र प्रशिक्षक संग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ र समारोह सकिएपछि मैदानबाट फर्किएको थिएँ।तर आज केहि अनलाईन

समाचारहरुमा मलाई कृकेट असोसिएसन अफ नेपाल (क्यान) ले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने बारेमा समाचार आएको देखेँ , जुन सरासर गलत हो ।

समाचारमा उल्लेखित नाम क्यानका पदाधिकारी प्रशान्त विक्रम मल्ल दादालाई मैले टेलिफोन मार्फत बुझ्दा पनि त्यस्तो केहि नभएको “तपाईंलाई हामिले बोलाएका हौँ,

तपाईँ हाम्रो अतिथि हो हामिले त्यस्तो किन गर्ने ? ” भन्ने बताउनु भएको छ ।यसैले पनि उक्त समाचार गलत रुपमा लेखिएको छ त्यसको म घोर बिरोध गर्दछु। साथै मेरो मान

हानि हुनेगरि उक्त प्रकारको समाचार लेख्ने सबै मिडिया हरुलाई आवश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाउने छु ।सदैव खेलकुद र खेलाडी हरुप्रति मेरो

उच्च सम्मान र समर्थन रहनेछ।उनले यसरी लेखेकी छन

Facebook Comments Box