ताजा समाचार

नेपालका चर्चित नेताको निधन

काठमाडौं, २२ जेठ । मृत्युपनि मान्छे पिच्छे फरक हुने रहेछ । दुर्घटना आफ्नो मात्र गल्ती कमजोरीले हुन्न, अरुको त्यत्तिकै भर पर्छ ।घर अगाडि पेटीमा उभिएका बेला कसले सोच्न सक्छ र यति चर्चित व्यक्तिको त्यही क्षण निधन हुन्छ ।

मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)   का चर्चित नेता जीवन श्रेष्ठको निधन भएको छ । त्योपनि घर अगाडि बसिरहेका बेला अर्काले चलाएको मोटरसाइकलको ठक्करबाट नेता श्रेष्ठको निधन भएको हो ।

प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटर साइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । उहाँको काठमाडौंको न्यूरो अस्पताल बासबारीमा उपचारको क्रममा निधन भएको हो ।

उहाँलाई चिकित्सकहरुको टोलीले ‘सरी ही इज नो मोर’ भनेर हिजो नै भनिसकेको थियो ।तर आजसम्म कृत्रिम स्वासमा राखिएको पारिवा रीक स्रोतले पुष्टि गरेको छ ।

अस्पतालको चिकित्सकीय टोलीले “सरी ही इज नो मोर” भनिसक्यो । तर धार्मिक तिथि मिला उने परिवारको अन्तिम इच्छा रहेका कारण हिजो डेथ सर्टिफिकेट दिइएको थिएन

उहाँलाई कृत्रिम स्वासमा चलाई राखिएको थियो । आज अन्ति म संस्कारका लागि अस्पतालबाट डिस्चार्ज गरिएको पार्टी स्रोतले बताएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको जिरो प्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्ले क्सअगाडि सडक छेउमा ठक्कर दिएको थियो। श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दै आउनुभएको थियो ।

पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडक    मा ढल्नुभएका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो । श्रेष्ठलाई उपचार का लागि दिक्तेलको फेमिली केयर अस्पता लमा लगिएको थियो।

फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलिको प्टरमार्फत काठमाडौँस्थित न्युरो अस्पताल बाँसबारी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगर पालिका–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते हुनुभएको छ । हेलिकोप्टरबाट श्रेष्ठसँगै काठमाडौँ पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ।

मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते विष्णुकुमारी र अभिषेक आमाछोरा हुन्।

Facebook Comments Box