एक्सक्लुसिभ भिडियो ताजा समाचार

चितवनले हरेकपटक रेनुजस्तो दिदी पाओस् – सन्दिप क्षेत्री (हेर्नुस भिडिओ)

स्थनीय तहको चुनावको छेकोमा चितवनमा आयोजित सत्तारुढ गठबन्धनको सभामा हास्यकलाकार सन्दीप क्षेत्री पनि उपस्थि त भएका छन्।

उनले आफू चितवनमै भएको र मेयर पदकी उम्मेदवार रेनु दाहालको कामले प्रभावित भए काले कार्यक्रममा सम्बोधन   गर्न आएको बताए। ‘मैले मेरो कार्यक्रममा जानुअघि आमा  लाई सोधेँ, दिदीको यस्तो कार्यक्रम रहेछ बोलिदिउँ?’

सन्दीपले भने, ‘आमाले पार्टीको लागि होइन, संगठनका लागि होइन, तैंले देशको लागि बोल्ने हो भन्नुभयो। त्यो केटीले देश को लागि काम गरिरहेको छ। बोल्दा हुन्छ भन्नुभयो।’

क्षेत्रीले चितवनमा रेनुले दिदीबहिनीले दाजुभाइ लाई तिहारमा दिइने आशीर्वाद, लगाइदिने माला र पहिराउने टिकाजस्तै चित वनलाई सुरक्षित, सुखमय राख्नुपर्ने पनि बताए।

उनले भने, ‘मैले तपाईंलाई दिदी भनिरहेको छु। यो चितवन तपाईंको भाइ हो, दाइ हो। अब यसमा तपाईंको यस्तो घेरा कोर्नुहोस्,

चितव नका हरेकले आफूलाई सुरक्षित महसुस गरून्। सांस्कृ तिक, भौतिक हरेक रुपले तपाईंहरुले सुरक्षित महसुस गराउनु होस्।’

क्षेत्रीले रेनुको कार्यकालमा भएका कामका आधारमा हरेक पटक उनलाई याद गर्न सक्ने अवस्था सिर्जना गर्न सुझाए।

उनले भने, ‘चितवनले हरेक पटक दिदी पाएँ भन्न पाओस्।

Facebook Comments Box