ताजा समाचार

बुरुक्क उफ्रिदै, गगनले भने ५ वर्षमा के–के काम भयो ? एमालेले उत्तर दे!

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताएका छन् बिहीबार काठ

माडौ मा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के

गर्यो ? भन्ने नै नरहेको बताए ।मतदान गर्ने मतदाताले पनि त्यसको उत्तर खोज्नुपर्ने र एमालेले उत्तर दिनुपर्ने थापाले बताएका हुन् । ‘काठमाडौ कति सफा, सहज, के बनाउँछु

भनेको थियो ? उत्तर दिनैपर्छ’ थापाले यो बहस काँग्रेसले तान्नुपर्ने बताए ।उनले गएको पाँच वर्ष खेर गएको पनि बताए । ‘यो खेर गएको ५ वर्षको जिम्मा कसले लिने भन्ने

बहस काँग्रेसका साथीहरुले तल गर्नैपर्छ । यसको जिम्मा कसै न कसैले लिनैपर्छ’, थापाको भनाइ छ ।५ वर्ष काठमाडौ चलाउने जिम्मा एमालेले पाएको थियो । अहिले

काठमाडौ महानगरपालिकाको चुनाव छ । यो चुनावमा एमाले मत माग्न आउँदै गर्दा मैले यो गरेँ त्यो गरे भनेर आएको छ ? ५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि

मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो यो गरेँ भन्नुपर्दैन ?’, थापाले प्रश्न गरे ।उनले निर्वाचन जिताउने मतदाता भगवान सरह भएको भन्दै काँग्रेसले काठमाडौमा

यो यो काम गर्ने भनेर एजेण्डावाइज उम्मेदवार बनाएको बताए । रातोपाटी बाट

Facebook Comments Box