काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमा ले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार र जिद्धी छोड्न चेतावनी दिनुभएको छ ।बुधबार सामाजि क संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अंहकार, दम्भ र जिद्धीपना न छोडे ढुवाएरै छोड्ने चेतावनी दिनुभए को छ ।
उहाँले आफु सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सुझाव पनि दिनुभएको छ ।एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुन बाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’उहाँले हिन्दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नु भएकाे छ, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’प्रधानमन्त्री ओली ले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्रले बुधबार मात्रै औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । पार्टी को आन्तरिक कलहका कारण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच असमझदारी कायमै छ ।
यो पनि पढ्नुहोस! नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आ’रो’प लगाउँदै समर्थन फिर्ता लिएको छ । बुधबार माओवादी केन्द्रका प्र’मुख सचे तक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो ।
समर्थन फिर्ताको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्र धानमन्त्री ओलीमाथि गम्भीर आ’रोप लगाउनु भएको छ । संसद सचिवालयमा बुझाए को समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघट न गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दा लाई सौदावाजीको विषय बनाएको तथा को’रोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप छ ।
त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनी तिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगबाट सञ्चलन गरेको पनि माओवादीको आ’रोप छ ।अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ता पत्रमा भनिएको छ- ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरका रले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको , लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको,
निर्वाचनमा जनताले दि एको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलन लाई क्षत विक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको, को’रो’नाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भ मा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको महालाई सौदावाजीको बिषय बनाई देशलाई बाह्य शक्ति को क्रिडास्थल बनाउदै लगिरहेको
तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबा ट शासन चलाउने निरंकुश अभ्यासतिर उद्धत हुँदै गइरहेको छ ।’माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । सरकारले भने माओवादीले समर्थ न फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसके को छ । २७ वैशाखमा विश्वासको मत लिने सरकारको तयारी छ । श्रोत:news24nepal