ताजा समाचार

कार्टुन क्रु’ का साथ ‘घुम्न जाउँ न’ भन्दै शैलेन्द्र (भिडिओ)

गायक शैलेन्द्र मुडबरीको नयाँ गीत ‘घुम्न जाउँ न’ युट्युबमा सार्वजनिक  भएको छ। ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा  विश्वकर्माको  अभिनय  रहेको गीतमा राम सिटौला को शब्द तथा  संगीत छ। सरोज अधिकारीको परिकल्पना र निर्देशनमा बनेको गीतको

भिडिओ  सम्पादन  सुरोज  अधिकारीले गरेका छन्। फास्ट बिटको रोमान्टिक  गीतको भिडिओ   कोरियोग्राफी सरोज अधिकारी  र पेम्बा  मगरले  गरेका  हुन्।विश्व अधिकारीको संगीत  संयोजनमा   बनेको   गीत   विप्लव   अधिकारीको मिक्सिङ र मास्टरिङमा तयार भएको हो।

थप अर्को ! को’रो’ना   भाइरसका   कारण  बिसिसिआईले आइपिएल  २०२१  का खेल  बीचैमा  स्थगित  गर्ने नि’र्णय गर्‍यो।  चार टिममा को’रो’ना भाइरसको संक्रमण छिरेपछि आइपिएल  अनिश्चितकालका   लागि  स्थगित  गरियो।अब आइपिएल   कहिले  सुचारू  होला?  आगामी अक्टोबरमा भारतमा तय टी-२० विश्वकप तोकिएको समयमै होला?

अहिले यी  दुई प्रश्न  क्रिकेटप्रेमीको  माझमा छ।आइपिएल तत्काल  हुने  सम्भावना  छैन। भारतमा कोरोना भाइरसको संक्रमण   दर   बढिरहेको   अवस्थामा  तत्काल आइपिएल सुचारू  हुने  अवस्था  नभएको  हो।जुनमा भारतीय टिमले इंग्ल्यान्ड भ्रमण गर्दैछ। इंग्ल्यान्डविरुद्ध विश्व टेस्ट च्याम्पिय नसिपको   फाइनल  खेल्न   भारतीय  इंग्ल्यान्ड    जाँदैछ।
इंग्लिस टिम सेप्टेम्बरअघि भारत फर्कनेछ।

त्यसपछि  भारत  र न्युजिल्यान्डबीच सिरिज हुनेछ। त्यसप छि केही  समय रहने  भएकाले सेप्टेम्बरमा भारतलाई आइ पिएल सुचारू  गर्न  उचित  समय  हुनेछ। त्यसपछि टी-२० विश्वकप हुने  तय छ। भारतमा  यस्तै  अवस्था रहे विश्वकप भारतबाट  सार्दै  युएईमा आयोजना गरिनेछ। यस विषयमा भारत  पनि  सकारात्मक  रहेको  छ।  स्थिति सहज भएमा भने भारतमै विश्वकप गर्ने बिसिसिआईको भनाइ छ।श्रोत:setopati

Facebook Comments Box