ताजा समाचार

अफ्रीकी मुलुककी २५ वर्षीया एक महिलाले एकैपटक जन्माइन् ९ ‘बच्चा’

अफ्रिकी  मुलुक  मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देश की एक  जना २५  वर्षीया  महिलाले एकै पटकमा नौ जना बच्चालाई  जन्म  दिएको  बताएको छ।मंगलबार एक विज्ञ प्ति  जारी गर्दै  मालीकी  स्वास्थ्य  तथा सामाजिक विकास मन्त्री डाक्टर  फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको

उल्लेख  गरेकी  छन्।  सिसेको मंगलबार अप्रेशन गरिएको थियो।यसअघि  गरिएको ‘अल्ट्रासाउन्ड ‘मा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका  नेताहरूको ध्यान तानेको थियो। डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बता एपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।

मालीको  स्वास्थ्य  मन्त्रालयका  अनुसार  अहिलेसम्म  सबै नवजात  शिशु  र आमाको  स्वास्थ्य  अवस्था  राम्रो  छ।तर उनीहरू  केही  सातापछि   मात्रै   घर   फर्किन  सक्नेछन्।
मोरोक्कोको  स्वास्थ्य  मन्त्रालयका  प्रवक्ताले  भने आफ्नो देशको  अस्पतालमा  एकै आमाले त्यति धेरै बच्चा जन्माए को  आफूलाई  जानकारी  नभएको  बताएका छन्।डाक्टर हरूले  एकै  पटक  नौ बच्चा जन्मिनु दुर्लभ घ’ट’ना भएको भन्दै  आमा  र  सबै  बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्।

यो पनि !ट्वीटर,  फेसबुकलगायत  सामाजिक  सञ्जालले प्रतिबन्ध   लगाएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नै वेबसाइट खोलेका छन्।अनलाइनमार्फत् सञ्चार गर्न ट्रम्पले  डोनाल्डजेट्रम्प .कम वेबसाइट सुरू गरेका हुन्।उक्त वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र उनका सन्देश हरू समावेश गरिएका छन्।

ट्रम्पले त्यहाँ गरेका पोष्टलाई फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने  बनाइएको छ। तर पोष्टमूनि कमेन्ट गर्ने सुविधा भने छैन।वेबसाइटमा  ट्रम्पले नयाँ पोष्ट गर्नासाथ नोटिफिकेसन आउने  गरी  साइन  इन गर्न  मिल्ने अप्सन पनि राखिएको छ।मंगलबार  उक्त  वेबसाइट  सञ्चालनमा आएपछि सामा जिक सञ्जाल प्रयोगकर्तामाझ निकै चर्चा भएको थियो।

कतिपयले उनलाई ब्लगरको रूपमा सामाजिक सञ्जालमा फर्किएको  भन्दै उडाएका  छन्। ट्रम्पमा बरिष्ठ सल्लाहकार जेसोन  मिलरले ट्वीटरमार्फत्  नयाँ वेबसाइटबारे प्रष्ट पार्न खोजेका छन्।

राष्ट्रपति  ट्रम्पको  वेबसाइट  उनको  पहिलो   कार्यकालका महत्वपूर्ण  काम  र पछिल्ला  वक्तव्य उपलब्ध हुने स्रोत हो तर  यो नयाँ  सामाजिक  सञ्जाल प्लेटफर्म  होइन,’  उनले ट्वीटरमा  लेखेका  छन्।गत  वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार   बनेका  ट्रम्पले  अन्तिमसम्म  पनि  आफ्नो हार स्वीकारेका थिएनन्।

गत  जनवरी  ६  मा  ट्रम्पका समर्थकले अमेरिकाको संसद भवनमा  आक्रमण गरेका  थिए।  डेमोक्र्याटिक  उम्मेदवार जो  बाइडेन  विजयी  भएको घोषणा गर्न बसेको कंग्रेसको संयुक्त बैठकलाई  बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा  प्रवेश  गरेका  थिए। त्यसपछि सामाजिक सञ्जाल हरूले ट्रम्पको अकाउन्ट बन्द गरिदिएका थिए।श्रोत:सेतोपाटि

Facebook Comments Box