नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । देशी मुद्रा सञ्चिती
सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न राष्ट्र बैङ्कले कडा निर्देशन
पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहे काले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले
गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।राष्ट्र बैंकका अधिकारीहरूले सो छलफलमा चालु आर्थिक वर्षको यो
अवधिमा ७० अर्ब बढीको गाडी तथा पाट पुर्जा आयात भएका छन् । एकातिर सुपारी लगायत तस्करीजन्य वस्तु को आयात खुलाउने र अर्कोतिर अत्यावश्यक वस्तु बाहेक
को आयातका लागि एलसी खोल्न रोक लगाउने कुरा नमि लेको बैंकहरूको भनाइ छ । यो समाचार दल नेपालटप दैनिकमा छ ।