काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० लाखको कोट लगाउने गरेको खुलासा भएको छ । इटालियन ब्राण्डको उक्त कोटहरु ओलीको आग्रहमा एक व्यापारी ल्याइदि एको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले बताए ।
कांग्रेस नेता खतिवडाले शनिबार बिहान ट्वीट गर्दै ओलीलाई एकजना व्यापारीले इटालीबाट १२ थान ब्राण्डेड महँगा कोट ल्याइदिएको बता एका हुन् । ओलीको आग्रहमा ती व्यापारीले महँगा कोट ल्याइदिएका थिए ।
‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सबैलाई नेपालमा स्वदेशी कपडा लगाउन कडाइका साथ उर्दी गर्नु भएछ’, खति वडाले ट्वीटमा भनेका छन् ।
‘गठबन्धनका नेतालाई नेपालमा कपडा सिला उने मात्रै हो भन्नु भएको सुनियो’, खतिवडाले भनेका छन्, ‘तर आफूले एक ब्या पारीमार्फत इटालीबाट ल्याएको १२ कोट (मूल्य झन्डै ६० ला ख) महेशले पाउने भए कसो ?’
एमालेका अध्यक्ष ओलीले दुई दिन अगाडि प्रति निधि सभाको बैठकमा तीन घण्टा लामो बोल्ने क्रममा आफूले मात्रै स्वदेशी कपडा लगाउने गरे को र ५ दलीय गठबन्धनका नेताहरूले आया ति त कपडा लगाउन गरेको बताएका थिए ।
तर, ओली आफैले एक व्यापारीमार्फत करीव ६० लाख मूल्य बराबरको इटालीबाट कोट झिकाएको खुलासा भएको छ । कांग्रेस नेता खतिवडाले ओलीको कर्थित ‘राष्ट्रवादी’ अनुहार उदाङ्गो पारिदिएका छन् ।