२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताए पनि उक्त वस्तु भेटिएको छैन् ।
आन्तरिक उडान बन्द गरेर उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।
यो पनि,, केशव स्थापितलाई निर्वाचन आयोगबाट आयो दु:खद खबर स्थापित तनाबमा.. नेकपा एमालेबाट काठमाडौं महानगर पालिकामा मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापित लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहा रसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्य क्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न स्थापितलाई भनेको छ।
स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्यसत्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।
यस्तै एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा
उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घन्टा भित्र जानकारी गराउन भनिएको आयोगले बताएको छ।