अभिनेता पल शाहले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए।अक्सिजन नपाएर अस्पताल मा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सि जन सिलिण्डर जम्मा गर्दैछौं।
अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन’ उनले भने ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ-संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।’केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताउ। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।थप समाचार ! बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगमा पहिलो हार बेहोरेको बुटवललाई मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सले १-० गोलले पराजित गर्यो। काठमाडौंको जितमा स्टेफान बोनि ङले खेलको पाँचौ मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो।
जितसँगै काठमाडौं ४ खेलबाट ७ अंक जोड्दै तेस्रो स्थान मा उक्लिएको छ। काठमाडौंले दुई जित निकाल्दा एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ।यता बुटव लले भने ५ अंक जोडेको छ। उसले एक जित निकाल्दा दुई बराबरी र एक हार बेहोरेको छ।
बुटवल अंक तालिकामा चौथो स्थानमा छ।शीर्ष स्थानको विराटनगर सिटी एफसी र दोस्रो स्थानको धनगढी एफसी को पनि ७-७ अंक छ। पाँचौ स्थानको पोखरा थन्डर्सले ५ अंक जोड्दा छैटौं स्थानको ललितपुर सिटीको ३ अंक र सातौं स्थानको एफसी चितवनको २ अंक छ।श्रोत:सेतोपाटि