ताजा समाचार

गण्डकीका सभामुखले माफी माग्नु पर्छ भन्दै मुख्यमन्त्री ले “आक्रोश” पोखे

कास्की —गण्डकी  प्र’देशसभा  सचिवालयमा  राखिएको सर्वदलीय बैठकमा  मुख्यमन्त्री  पृथ्वीसुब्बा गुरुङले सभामु ख नेत्रनाथ अधिकारीलाई “आक्रोश” पोखेका छन्। विशेष अधिवेशन  पार्टीको  निर्णयअनुसार  स्थगित गरेको आक्षेप लगाउँदै सभामुखले माफी  माग्नुपर्ने भन्दै मुख्यमन्त्री गुरुङ आक्रोशत  बनेका  हुन् ।  बैठकमा  ५  वटै संसदीय दलका नेताको सहभागिता थियो ।

तपाईंले  कार्यव्यवस्थाको  बैठकसमेत   नराखी   एक्कासी संसद्   स्थगित  गर्नुभयो, मुख्यमन्त्रीले  भने , यो  संसदीय मर्यादाविपरीत  कार्य  हो । तपाईं  पार्टीको   निर्णयअनुसार बैठक स्थगित गरेकाले  माफी माग्नुपर्छ ।  बैठक सभामुख अधिकारीले सुरु गरेपछि मुख्यमन्त्री एक्कासी झोक्किएका हुन् । बैठकमा  मुख्यमन्त्रीले  कार्य  व्यवस्थाको बैठक निषे धाज्ञापछि राख्ने प्रस्ताव गरेका थिए ।

जसपाका  संसदीय  दलका नेता हरिशरण आचार्यका अनु सार मुख्यमन्त्रीले जेठ  १  मा  कार्यव्यवस्था  परामर्शको  र जेठ २  मा  संसद्  बैठक बोलाउन माग गरेका थिए ।बैठक मा अन्य दलका नेताले विशेष अधिवेशन त्यत्ति लामोसमय धकेल्न नहुने  भन्दै असन्तुष्टि जनाए । सभामुख अधिकारी ले संसद् स्थगित आफ्नो स्वार्थमा नभई हराएको सांसदको खोजी गर्नको लागि स्थगित गरिएको बताएका थिए ।

सांसद हराएको ‘निवेदन’ आफूलाई  प्राप्त भएपछि मानवी य रुपमा पनि खोजी  गर्नुपर्ने  दायित्व रहेको बताउँदै उनले सभामुखको  आफ्नो  एकल अधिकार क्षेत्रभित्र रहेर संसद् स्थगित गरेको  बताए । बैठकमा चार दलका नेताले सभामु खको पक्षमा  बोलेका थिए । मंगलबारको सर्वदलीय बैठक मा पनि सहमति जुट्न सकेन ।

सांसद  आचार्यले  बुधबार  सबै  दलको आ-आफनो बैठक र बिहीबार  कार्यव्यवस्था परामर्श  समिति बैठक बस्ने गरी सर्वदलीय बैठक  टुंगिएको  बताए । उनले मुख्यमन्त्री सत्ता लम्ब्याउने खेलमा  लागेको  बताउँदै मुलुकलाई राजनीतिक रुपमा बन्धक बनाउन लागेको आरोप लगाए ।

कांग्रेस  ‘संसदीय’  दलका  नेता कृष्णचन्द्र नेपालीले सुरुमा मुख्यमन्त्रीले सभामुखसँग “आक्रोश पोखे पनि अन्य दलले सभामुखको गल्ती  नरहेको  बताएपछि उनी बसेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान ले बिहीबार  बस्ने  कार्यव्यवस्था  परामर्शको बैठकले प्रदेश सभा बैठक तय गर्ने बताए ।

उनका  अनुसार  कार्यव्यवस्थाको   बैठकमा  पनि सहमति नजुटे पुनः सर्वदलीय बैठक राखेर संसद् बैठक अघि बढाउ ने निर्णय भएको छ ।सत्तापक्षले लम्ब्याउन र विपक्षी दलले छिट्टै अधिवेशन टुंग्याउन माग राखेपछि सर्वदलीय बैठकमा पनि  सहमति  नजुटेको  चुमानको  भनाइ  छ । प्र’देशसभा बैठक  वैशाख १५ देखि अनिश्चितकालको लागि स्थगित छ । विशेष अधिवेशन वैशाख १३ देखि सुरु भएको थियो ।

अविश्वासको  प्रस्ताव  आउने  भएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ कै  मध्यरातमा  हिउँदे अधिवेशन अन्त्य गराएका थिए ।  चैत २५  मा  सुरु भएको हिउँदे अधिवेशन जम्मा ३ दिन चल्यो । वैशाख  १  मा  जनमोर्चा  र  २ मा माओवादी केन्द्रले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्य मन्त्रीविरुद्ध  कांग्रेस,  माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

वैशाख  २  मै  तीन  दलले  विशेष  अधिवेशनको  माग गर्दै प्र’देश  प्र’मुख  अमिक  शेरचनसमक्ष  निवेदन बुझाए । सो अनुसार प्र’देश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधि वेशन  आह्रवान  गरेका  हुन् ।विशेष  अधिवेशनको पहिलो दिनमै  कांग्रेस  संसदीय  दलका  नेता  कृष्णचन्द्र नेपालीले अविश्वासको  प्रस्ताव  टेबुल गरेका थिए । १४ को बैठकमा सत्तारुढ  दलले  सबै  सांसदको  पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेको थियो ।

१५ गते दिउँसो  १  बजेसम्म स्थगित भएर संचालन भएको बैठकमा  राजमोका  सांसद  खिमविक्रम  शाही  उपस्थिति नभएपछि  राजमोकी  सचेतक  पियारी  थापाले सांसदको खोजी  गर्न माग गर्दै सचिवालयमा निवेदन दिएकी थिइन् । थापाले  सांसदको  अवस्था  सार्वजानिक नभएसम्म संसद् स्थगित गर्न माग  राखेकी थिइन् । जनमोर्चाको मागअनुसा र संसद्  बैठक  अनिश्चितकालको   लागि  स्थगित  भएको थियो । सांसद शाही भने पोखराको चरक मेमोरियल अस्प तालमा भेटिएका थिए ।श्रोत:कान्तिपुर

Facebook Comments Box