काठमाडौं । ‘मिस युनिभर्सल नेपाल २०२०’ की विजेता अनिष्का शर्मा अमेरिका उडेकी छन् । नेपालको प्रतिनि धित्व गर्दै ‘मिस युनिभर्स २०२१’ मा सहभागी हुन उनी सोमबार साँझ त्यसतर्फ उडेकी हुन् । ६९ औं मिस युनिभर्स मा सहभागी जनाउन उनी केही दिनपछि मात्र त्यसतर्फ उड्ने कार्यक्रम रहेको थियो ।
नेपालमा जारी लकडाउन र सरकारले २२ वैशाखबाट अन्तर्राष्ट्रिय उडान समेत बन्द गर्ने निर्णय गरेको कारण उनी केही दिन पहिले नै अमेरिका उड्न बाध्य भएकी हुन् ।
मिस युनिभर्सको नयाँ संस्करण मे १७ तारिखमा अमेरिका को फ्लोरिडामा आयोजना हुँदैछ । जसमा उनले नेपाली कला संस्कृति सहितको बिभिन्न प्रस्तुति दिनेछिन् ।
पछिल्लो समय अष्ट्रेलिया बस्दै आएकी २४ वर्षीय शर्माले ‘मिस युनिभर्स’ को मञ्चमा नेपाललाई उत्कृष्ट रुपमा कस री चिनाउने र शीर्ष उपाधि कसरी कब्जा गर्ने भन्ने बिषयमा बिभिन्न प्रशिक्षण समेत लिएकीछन् । केही पहिले रातोपा टीसँगको एक अन्तवार्तामा आफ्नो लक्ष्य ‘मिस युनिभर्स’ को ताज नेपाल भित्र्याउने रहेको समेत बताएकी थिइन् ।
थप अर्को पढ्नुहोस ! विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् । यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात (आईएसएस) मा रहेका एस्ट्रोनट्स्हरुका
लागिताजा तरकारी पठाइएको छ । यसमा यसमा चिनि याँ साग पाक चोई पनि समावेश छ पाक चोई साग निकै स्वादिस्ट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । स्पेन स्टेशनमा एस्ट्रोनट्सहरुले गार्लिक पेस्ट र सस मिसाएर यसको मज्जा लिइरहेका छन्, त्यसको फोटो नासाले शेयर गरेको छ ।
यसरी अन्तरिक्ष पु-याइएको तरकारीमध्ये केही तरकारी अन्तरिक्ष स्टेशनमा पनि उमार्ने योजना छ । स्पेस स्टेशनमा साग उमार्ने यस नौलो प्रयोगलाई Veg-03K र Veg-03L नाम दिइएको छ । यस प्रयोगअन्तर्गत तोरी र पाक चोई उमारिनेछ । हप्किन्सले दुबै तरकारीलाई १३ अप्रिलमा स्पेस स्टेशनमा पहिलोपटक लगाएका थिए । यो तरकारी ६४ दिनसम्म हुर्कने अपेक्षा गरिएको छ । श्रोत:रातोपाटि