ताजा समाचार स्वास्थ्य

पूर्वराजा र प्रेरणाको, स्वास्थ्यमा सुधार, पूर्वरानी र नेता खनालको स्वास्थ्यका बारेमा अस्पतालले दियो यस्तो जानकारी

काठमाडौ – । कोरोना पुष्टि पछि उपचाररत पूर्वरानी कोमलको अझै आइसीयुमै राखेर उपचार जारी   छ ।   त्यस्तै नेकपा एमालेका नेता झलनाथ खनालको पनि अक्सिजनमै राखेर उपचार जारी छ ।उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्य स्थितर रहे पनि पूर्वरानी कोमल भने आईसीयूमै रहेको अस्पतालले जनाएको छ । को’रोना पुष्टि पछि पूर्वराजा रानी र उनीहरुकी छोरी प्रे’र  णा शाहको पनि न’र्भिक अस्पतालमा उपचार जारी छ । एमाले नेता खनालको पनि नर्भिक अस्पतालमै उपचार गरिएको छ ।

पूर्वराजा र प्रेरणाको स्वा’स्थ्यमा सुधार आएको भएपनि पूर्व’रानीको भने आ’ईसीयूमा उपचार जारी छ । अस्पताल ले पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको जनाएको छ ।

कोमललाई शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। राजदम्पती कोरोना भएपछि छोरी प्रेरणासहित ११ दिनअघि नर्भिक अस्प -तालमा भर्ना भएर उपचार गराइरहेका छन्।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।

Facebook Comments Box