कलाकार हरिवंश आचार्य गत वर्षको असोजमा कलाकार हरिवंश आचार्य र उनको परिवारलाई को’रो’ना संक्रमण भएको थियो। यो बैशाखमा हरिवंशका जोडी मनदकृष्ण श्रेष्ठ र उनको परिवारलाई को’रो’ना देखियो। ढिलो चाँडो जो कसैमा संक्रमण फैलनसक्ने जोखिम भोगेका हरिवंशले हालै को’रो’नासम्मबन्धी सन्देशमूलक गीत गाएका छन्।
उनले गाएको गीत यस्तो छ-“अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै यही जुनीलाई कोरोनाबाट बचौं है” दिनेश कुमार थपलियाले शब्द र दीपक शर्माले संगीत दिएको यो गीत महसञ्चारको युट्युब च्यानलबाट सोमबार अपलोड गरिएको हो।
सेतोपाटीसँग टेलिफोन कुराकानीमा यो सचेतना जगाउने गीतबारे हरिवंशले भने, को’रो’नाको संकट दिनदिनै बढिरहे को छ। सचेतना जगाउने केही काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ। त्यस्तैमा गीत गाउने प्रस्ताव आयो।’ विग तमा पनि हरिवंशले स्वास्थसम्बन्धी सचेतना जगाउने धेरै टेलिभिजन र विज्ञापनहरुमा काम गरिसकेका छन्।
यसअघि सुरक्षित मातृत्व, कुष्ठरोग, ट्युबरक्लो सिसजस्ता विषयमा टेलिसिरियल र छोटा भिडियोमा काम गरेको आधारमा भन्दा मानिसमा यसले सकारात्मक प्रभाव पारे को पाएको छु। त्यसैले यो को’रो ‘नासम्बन्धी गीतले पनि को’रो’नाबारे सचेतना जगाउन मद्दत पुर्याउने विश्वास छ।’
पहिलो लकडाउनमा भन्दा को’रो’ना सम्बन्धी सचेतना यस पटक बढेको उनको अनुभव छ। तर अझै पनि धेरैले यसलाई गम्भीर रुपमा नलिएको हुन सक्ने भएकोले को’रो नाका भुक्तभोगी उनी भन्छन्, ‘यसलाई हलुका रुपमा लिनुहुन्न। छिमेकी भारतमा जस्तो अवस्था आउनुअघि नै सचेत बनौं र अति जरुरी कामबिना घरबाहिर ननिस्कौं।’
उनले गाएको सन्देशमूलक गीतको अन्तमा उनले भनेका छन्- हाँस्ने, नाच्ने, डुल्ने काम पछिलाई साचौं; अहिलेचाहिँ हामी को’रो’नाबाट बाँचौं ।को’रो’नालाई जितेर सचेतना फैलाइरहेका हरिवंशले सेतोपाटी मार्फत अहिलेको कठिन परिस्थितसँग जुध्ने सुझाव पनि दिए। ‘सकेसम्म सावधानी अपनाएर को’रो’ना लाग्न नदिनु राम्रो हो तर लागिहाले यस लाई जितेरै छोड्छु भन्ने आत्मविश्वास चाहिन्छ,’ उनले भने, ‘यो संकट लम्बिन सक्छ। धैर्य गरौं ।
श्रोत:सेतोपाटि