संगीतकार ओम प्रकाश राईले कोराना कहरका कारण घर मा बसेका व्यक्तिहरुका लागि मनोरञ्जन दिने उदेश्यले आधुनिक गीतको ‘सिरानी लाए हात फेरी फेरी’ सार्वजनि क गरेका छन् । सन्चमान राईको शब्द, ओम प्रकाशकै संगीत रहेको गीतमा प्रविण वेडवालले स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय देख्न सकिन्छ ।गीतमा आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देश न छ । गीतको भिडियोको कर्भरसंग बनाएर न्युनेपाली म्युजिक यरदरेड जिमेल डट कोकमा पठाउन्लाई पुरस्कार को समेत ब्यवस्था गरिएको छ । त्यरी प्राप्त भिडियोहरू मध्य उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोले क्रमश ३०, १५ र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यो पनि ! कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकार ले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले को’रो’ना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशा ख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताए ।
भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे नि’र्णय गरेको छ । स्वास्थ्य माप दण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनि वार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुई वटामा सीमित गर्ने निर्णय भएको छ ।
पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रति वेदन पेश गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकर्रर अधिकारीसमक्ष कारवाहीका लागि लेखिपठाउने मन्त्रिपरि षद्को निर्णय छ ।
त्यस्तै कुनै पनि उडानमा पिसिआर पोजिटिभ भएका यात्रु लाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडा नका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।
चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरु को बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्य कासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ । श्रोत :रातोपाटि