एक्सक्लुसिभ भिडियो ताजा समाचार

जीतु नेपालको प्रश्न : केपी ओलीले कहाँ देश बिगार्नुभयो ? देश बनाईरहनुभएको छ,(भिडियो सहित)

‘चर्चित हाँस्यकलाकार जीतु नेपाल र पत्रकार ऋषि धमला बीच रोचक कुराकानी भएको छ ।हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा नेपाल र पत्रकार धमलाबीच रोचक कु’राकानी भएको छ ।उनले हाँस्य व्यंग्यमा लागेकाहरु सबैको प्रगति भएको स्पष्ट पारेका छन् ।

‘उनले आफूले यो विधामा लागेर धेरै कुरा हाँसिल गरेको सुनाए । उनले आफ्नो कार्यक्रम बाट नेताहरु पनि खुशी भएको जिकिर गरे ।उनले नेताहरुले देश ध्वस्त पारेको   भन्न नमिल्ने टि’प्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश नबिगारेको बरु बनाईरहेको दा’बी गरे ।

‘उनले भने,”उहाँ सफल हो भनेर त समय बाँकी छ । अझै दुई वर्ष समय बाँकी छ । अहिले धेरै विकास भएको छ ।” उनले आफू कुनैपनि पार्टी मा संलग्न नभएको जिकिर गरे ।

यो पनि,,राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने । काठमाडौं : अब विद्युतीय बसनेपालमै बन्ने भए का छन् । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस को अनुसन्धान र विकास गर्ने भएको हो।आविष्कार केन्द्र का संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापा -सिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।

पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरु मा सहरी क्षेत्रमा चल्ने छोटोदुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ । यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलो मिटर सम्म चल्न सक्छन् ।जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।

तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छसुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटक सम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिन्छ।

१० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरकोब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ । अनुसन्धान र विकास    सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् । -खवर हाउस

Facebook Comments Box