ताजा समाचार

काठमाडौँको तारकेश्वरबासीलाई खुसीको खबर !

काठमाडौँ,२० जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्त र–पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरवा सीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले ‘एक घर,   एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगर भित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको राससलाई जानकारी दिए।

यस्तै, नगरले आफ्नो आयश्रोतलाई वृद्धि गर्न करको दायरालाई फराकिलो बनाएर लैजाने बताएको छ ।

कतिपय सेवाग्राही हालसम्म पनि करको दाय रामा नआएका  ले केही शीर्षकमा कर छुट गरेर करको दायरालाई फराकिलो बनाउने नीति लिइ एको नगरप्रमुख महर्जनले बताए ।

यसैगरी, नगरको पहिलो कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढा उने निर्णय गरेको छ । नगरभित्र २१ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

नगरमा सेवा लिन आउने सेवाग्राहीको सहज ताका लागि तारकेश्वर नगरले आफ्नो हाताभित्रै बैंकिङ सुविधासमेत प्रदान गरेको छ ।

काठमा डौँको साविक साङ्ला, जीतपुरफेदी, काभ्रेस्थ ली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर नगरपालि का बनाइ एको तारकेश्वरमा ११ वडा छन् ।

उक्त नगरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा नगरप्रमुखमा कांग्रेसका महर्जन र उपप्रमु खमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित भएका थिए।

रासस

Facebook Comments Box