ताजा समाचार सामाचार

८/१२ को धन्दा, अहिले प्रहरी खोरमा

नेपालीमा उखान छनी ८/१२ फाप्दैन है भन्ने अहिले मोटरसा ईकल चोरी गर्ने एउटा समुहलाई त्यस्तै भएको छ ।  झापामा मोटरसाइकल चोरी घटनामा संलग्न दुई नाबालकसहित ८ जना पक्राउ परेका छन् ।

झापा प्रहरीले झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा १२ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड-३ निवासी १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका-८ निवासी १८ वर्षीय समीर,, मियाँ, आहिल ग्यारेजका सञ्चालक सप्तरी जिल्ला टिकुली-५ निवा सी

१७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका-५ निवासी १८ वर्षीय ओमप्रकाश यादव, इलाम जिल्ला चुलाचुली घर बताउने १८ वर्षीय राहुल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

घटनामा संलग्न १४ र १५ वर्ष उमेरका दुई जना नाबालक रहेको उहाँले बताउनुभयो । बिर्तामोड मा मोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले सूक्ष्म रुपमा खोज तलास गरिरहे को थियो ।

सोही क्रममा हिजो बुधवार अर्जुनधारा-८ कदम गाछीस्थित अशोक विहारीको घर र अर्जुनधा रा-१० स्थित विमल हुमा गाईँको घरको सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल

ग्यारेजबाट ६ वटा, जिल्लाका अन्य स्थानबाट ५ वटा र इला मबाट एउटा गरी चोरी भएका १२ वटा मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको डिएसपी पाठकले बताउनुभयो ।

Facebook Comments Box