काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिका चुनावमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनीधिहरूलाई आज बुधवार बेलुकी रात्रिभोज दिने भएको छ । पार्टीले
आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन काठमाण्डौ आएका जनप्रतिनिधिहरूलाई बेलुकी ७ देखि ९ बजेसम्म हिमालय होटलमा भोजको आयोजना गरिएको माओवादी
केन्द्रले जनाएको छ । प्रशिक्षणमा पालिका चुनावमा माओ वादी केन्द्रबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखहरू सहभागी छन् । प्रशिक्षण भाेलि बिहीवार
सम्म चल्नेछ । माओवादी ले यसअघि २०७४ सालको चुनाव मा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो अब ।तस्बिर : थुलुङ दूधकाेशी गाउँपालिकाका अध्यअब प्रतिक्रिया हरु हेर्नुस् यहि त छत जनता ढिँडो खान नपाएर कतिले भोको पेटमा गएर भोट लगाए आखिर एक भोट हो सम्माननिय प्रधानमन्त्री ज्यु को पनि एक भोट
थियो बिहान बेलुका चुलोमा आगो बाल्न नसक्ने गरिब …… को पनि एक भोट थियो आखिर भोटमा त सानो ठूलो धनि गरिब थिएन तर जनताले दिएको मतले ठुलो मोज
मस्ती टन्न खानुस् मासु भात भनेपछि हाम्रो ह्याकुलो फुल्ने खानु सकेसम्म पेटमा हाल्नु नसकेको खल्ती मा हालेर जानु जय होस।। अर्को पनि जनतासँग घुलमिल हुँदै ,
गोल्डस्टार जुत्ता गन्हाऊँदै , सामान्य कपडा लगाएर जनताले आफ्नो छाक काटेर दिएकोआटो खोले साग सिस्नु , खाईन्थ्यो ,उनिहरुकै झुपडिमा आराम गरिन्थ्यो ,
जनताका मनको बात बुझिन्थ्यो र पो सर्वाहारा बर्गको नेतृत्व गरिएको थ्यो , बंगलामा बसेर ५ तारे होटलमा मिटिङ् , लन्च डिनर गर्ने हैसियत बनाईसकेपछि पनि के
को सर्वहाराबर्गको पार्टी !! देउपा दाइ ,ओल्वा र तिम्रो पार्टीमा के फरक भो त जुँगे बा #जयपुँजिबाद भुँडी भर मस्तै ।