ताजा समाचार

छिट्टै फर्किन्छु भनेका राजन मुस्ताङको आकासमा आमा–बुवासँगै हराए।

काठमाडौं । आइतबार नेपाली आकाशमा कालो बादल मडारिँदै थियो । सोही समयमा पोखरा बाट जोमसोमका लागि ,,तारा एयरको जहाज उड्यो । १९ यात्रुसहित उडेको

विमानमा धनुषा का एकै परिवारकासातजना मुक्तिनाथ दर्शनमा गएका थिए ।स्थानीय तह निर्वाचनको चटारो सकिएसँगै छोरा राजन गोलेले आमाबुवा, काकाकाकी र

मामामाइजूलाई मुक्तिनाथ दर्शनका लागि लैजादै थिए । तर, गोले परिवार गन्तव्यमा पुग्न सकेन । घरमा श्रीमती र छोराछोरीलाई फर्केर आउँछु भन्दै गएका गोले कहिले

नफर्किने गरी बिदा भए ।आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त ९ एनएईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमान स्थलको

टावरबाट सम्पर्कविहीन भएको थियो ।केहीबेरमै उक्त खबर सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । त्यसलगत्तै नेपाली सेना र प्रहरी टोली हेलिकोप्टरसहित जहाज खोजि

मा जुट्यो । प्रतिकुल मौसमकै कारण हेलिकोप्टर सहित को टोलीले घटनास्थलको भेउ पाउन सकेन ।विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलिरहेको थियो ।

धनुषाको मिथिला नगरपालिका–११, लोटागाउँका राजन गोले, उनका बुवा इन्द्रबहादुर गोले,आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसा देवी तामाङ, मामा

मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ थिए ।

राजनको परिवार काठमाडौंको माकलबारी बस्दै आएको थियो । पहिले जया मल्टिपल कलेजका डीआई रहेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिए ।राजन नेकपा

(एकीकृत समाजवादी) पार्टीको जिल्ला कमिटी सदस्य थिए । राजनका मामा मकरबहादुर तामाङ रिटायर शिक्षक हुन् । उनी केही दिन पहिले मात्रै रिटायर भएका थिए ।

उनी पनि समाजवादीका जिल्ला कमिटी सदस्य थिए ।राजनका छिमेकी तथा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो भन्छन्, ‘‘शनिबार मात्रै राजनसँग

कुरा भएको थियो । हामी पोखरामा छौँ । दुईतीन दिनपछि फर्किन्छौँ भनेका थिए । फर्किनै पाएनन् राजन काठमाडौं मै बसेर नेता महतोको निजी सचिवालयको काम गर्थे ।

मन्त्री महतोका अनुसार जहाज दुर्घटनामा परेका सातैजना गाउँका आफन्त हुन् । राजनका मामा मकरबहादुर तामाङ का एक छोरा विदेशमा थिए भने एकजना यतै गाउँमा छन्

घटना थाहा पाएपछि काठमाडौं पठाएका छौँ,” उनले भने, ‘‘गाउँ नै शोकमा डुबेको छ।”राजनका बुवाआमा, श्रीमती, छोराछोरी काठमाडौंमै बस्छन् । राजनकी छोरी कक्षा नौ र

छोरा दुईमा पढ्छन् । मन्त्री महतो  का अनुसार राजनका भाइबुहारी केही दिन पहिले मात्रै विदेश उडेका थिए काठ माडौंमा बस्दै आएको राजनको परिवार चुनावमा गाउँ

गएको थियो । ‘‘उहाँहरु सबै चुनावमा गाउँ आउनुभएको थियो ।केही दिन पहिलेमात्रै काठमाडौं जानु भएको थियो, महतोले भने । प्रहरीले आज बिहान मुस्ताङको थासाङ

गाउँपालिका–२ स्थित पटकेलेक, सानोसोरामा क्षतविक्षत अवस्थामा जहाज फेला पारेको छ । जहाजमा चालक दलका तीनसहित २२ जना सवार थिए

Facebook Comments Box